गायक राजु तामाङ र गायिका रजिना रिमालको स्वरमा रहेको गीत ‘जाली माया–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘पुरानो घाउ बल्झेछ, बैगुनी मायाले सम्झेछ’ बोलको गीत शनिबार केवल लामा म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
केवल लामा थिङको कथा तथा अवधारणामा बनेको भिडियोमा विजय लामा, रुकमान लिम्बु, भीम लिम्बु, खुशी थुलुङ, श्याम ब्लोन, रिवाज गौतम, प्रतिमा गिरी, लालधोज तामाङ, निरु तामाङ र निधि गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।
युवराज वाइबाको निर्देशन रहेको भिडियोको छायाङ्कन दीपक गिरी र सम्पादन विकास दाहालले गरेका हुन्।
गीतमा प्रेम, विछोड र विगतका भावनात्मक घाउलाई समेटिएको छ।