चर्चित गायक उर्गेन दोङ र जम्बुलिङ ब्यान्डले काठमाडौंमा लाइभ कन्सर्ट गर्ने भएका छन्।
काठमाडौंको जडीबुटीस्थित क्लब १८ मा यही मंसिर ११ गते शुक्रबार कन्सर्ट आयोजना हुन लागेको हो। कन्सर्ट राति ८ बजेदेखि सुरू हुनेछ।
क्लब १८ को आयोजनामा तथा गोर्खा पिल्सनरको प्रस्तुतिमा हुन लागेको कार्यक्रममा उर्गेन दोङ र जम्बुलिङ ब्यान्डले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।
क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले दर्शकलाई फरक सांगीतिक अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए। पछिल्लो समय लाइभ म्युजिकप्रति युवापुस्ताको आकर्षण बढ्दै गएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको पनि उनले बताए।
'कान्छी', 'लजालु मायालु', 'सैया', 'मै झुटो' र 'टाढा भए पनि' उर्गेनका चर्चित गीत हुन्।
कार्यक्रमको टिकट खल्ती बाइ आईएमईमार्फत उपलब्ध हुने आयोजकले जनाएको छ।