गायक तथा संगीतकार अमृत क्षेत्रीको शब्द, संगीत र स्वरमा 'लालुपाते' बोलको लोक-आधुनिक गीत सार्वजनिक भएको छ।
गीतमा क्षेत्रीसँगै चर्चित गायिका शान्तिश्री परियारको स्वर छ। संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन्।
निकेश खड्काको निर्देशनमा बनेको गीतको म्युजिक भिडिओमा अञ्जली अधिकारी, नयन क्षेत्री र अम्बिका क्षेत्रीले अभिनय गरेका छन्। यो नयनको डेब्यु म्युजिक भिडिओ हो।
२२ वर्षदेखि सुरशाला म्युजिक एकेडेमीका संस्थापक अध्यक्ष तथा संगीत प्रशिक्षकका रूपमा सक्रिय क्षेत्रीका 'मैले हेर्ने एउटा तारा', 'तिमी हौ' र 'मग मग' लगायत गीत चर्चित छन्।
उनले दसैंलगत्तै अर्को लोकशैलीको गीत पनि सार्वजनिक गर्ने तयारी गरेका छन्। 'लालुपाते' गीत सुरशाला स्टुडिओको युट्युबमा हेर्न सकिन्छ।