Setopati ब्लग
Subscribe Setopati
शुक्रबार, असार २०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

फुटबल फ्यान!

वीरेन्द्र चौधरी

वीरेन्द्र चौधरी

वीरेन्द्र चौधरी।
वीरेन्द्र चौधरी।

सोमबार राति १२:४० बजेको अर्लामले झसँग ब्युँझिएँ। मेरो ब्युँझ्याइले सँगै सुतेकी श्रीमतीको निन्द्रा खल्बलियो। अर्ध निन्द्रामा उनी कराइन् –

‘छ्या! कति हेरेको हो फुटबल ? कति जागेको ?'

सानो स्वरमा निन्द्रा नबिग्रिओस्  भनेर मैले भनें –फाइनल म्याच हो क्या! आज मात्र जाग्छु।

बिरालोको चालमा टिभी कोठामा गएँ। कोठामा छोरी इङ्ल्याण्डको जर्सीमा थिइन्। छोरा भने न्युट्रल बसेको थियो। रिमोट थिचेँ। इटाली र इङ्ल्याण्डबीचको खेल सुरू भयो। 

युरो कप सुरू भएसँगै बेल्जियम मेरो मनपर्ने टिम थियो। सेमिफाइनलमा इटालीले बेल्जियमलाई हराएपछि फाइनल चाहिँ इङ्ल्याण्डले जितोस् भन्ने चाहना थियो। सुरूआती २ मिनेटभित्रै इङ्ल्याण्डले अग्रता हासिल गर्दा हामी उफ्रियौं। मैले स्क्रिन बाहिरबाटै खेलाडीहरूलाई निर्देशन दिइरहें।

यसका बाबजुद इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काउँदा टाउकोमा हात राख्नु सिवाय अरू उपाय थिएन। निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकियो। थपिएको अतिरिक्त ३० मिनेटमा गोल नभएपछि पेनाल्टी सुटआउटमा ३-२ को नतिजा निकाल्दै इटाली युरो च्याम्पियन भयो। 

खेल सकिँदा करिब ४:०० बजिसकेको थियो। आफूले मन पराएको टिम हार्दा निन्द्रा लागेन। फुटबलले आज मात्र निद्रा खल्बल्याएको होइन। सन् १९९० विश्वकपदेखि मेरो निन्द्रा खल्बल्याउँदै आएको छ।

निन्द्रा हराएपछि एकछिन युरोकपलाई बिर्सन खोजें।

विद्यार्थी जीवनमा आफूले खेलेको फुटबललाई रिमाइन्ड गरें। खेलको क्रममा खास–खास घटनालाई ब्लगगको रूपमा लेख्ने कोसिस गरें।

धनगढीको पुरानो एयरपोर्ट गौचरणमा परिवर्तन भइसकेको थियो। गोठालो जाँदा मोजाको बललाई खाली खुट्टाले हिर्काएको दिन नै ‘फर्स्ट बल टच’ थियो। 

लुगा कोचिएको मोजाको बल स्कुल जाँदा हावा भरिएको ब्लाडरमा परिवर्तन भयो। राष्ट्रिय प्रा.वि. तारानगरमा कक्षा ४ र ५ पढ्दा फुटबल सबभन्दा मनपर्ने खेल भइसकेको थियो।

बिना कोच, बिना प्रशिक्षण गोठाले पाराले खेल खेल्दै जाँदा एउटा प्रतियोगिताको लागि अवसर आयो। 

२०४९ साल असार मसान्त तिरको कुरा हो- तेह्र वर्ष मुनि (U-13) छनोट खेलका लागि मलाई पनि बोलाइयो। म निकै हौसिएको थिएँ। टिममा छानिएँ। कोचले सिकाउँदा थप स्कील आर्जन भयो। कोच ठट्यौली पाराका थिए। 

एकदिन कोच जिस्किँदै केटाहरूलाई सोधें – उमेर नाप्ने तरिका थाहा छ, केटाहरू?

केटाहरूले थाहा नभएको जनाए। त्यतिखेर जन्मदर्ता गर्ने चलन नै थिएन।

उनले हाँस्दै भने –त्यसो भए एक एक गरी कट्टु फुकाल्नु पर्छ, बुझ्यौ।

उनले थपे –जसको कपाल उम्रेको छैन– त्यो टिमभित्र।

जसको कपाल उम्रेको छ – त्यो टिम बाहिर।

उमेर नाप्ने यस्तो काइदा देखेर म डराएँ। टिम बाहिर परिने डर थिएन। अरूका सामु नांगो हुनुपर्ने ठूलो डर थियो। अरू केटाहरू पनि डराए। 

अर्को दिन कोचले केटाहरूको मनोविज्ञान बुझेछन् र भने –डराएर खेल्नु पर्दैन।

‘सेलेक्सनका लागि कट्टु फुकाल्नु पर्दैन ।’

‘तिमीहरू टिमका लागि छानिसकेका छौ।’

त्यसपछि हामी ढुक्कसँग खेल्न थाल्यौं।

धनगढी खुलामञ्चको छेउमा सानो फुटबल मैदान बनाइएको थियो। हाम्रो टिम जित्दै गयो। दोस्रो, तेस्रो चरण पार गर्दै फाइनलसम्म पुग्यो। 

दुर्भाग्यबस! मैले फाइनल खेल गुमाएँ। रेड कार्ड पाएर वा घाइते भएर होइन। त्यो दिन मेरो घरमा रोपाइँ सुरू भएको थियो। त्यतिखेरको परिवेशमा ‘खेल खेल्नुभन्दा खेत खन्नु’ कामले प्राथमिकता पाउँथ्यो। 

साथीहरू फाइनल खेलेको सम्झि रहें र जितको कामना गरिरहें। 

साँझ घर फर्किंदा चम्किने प्लाष्टिकले बेरिएको डायरीसहित बुट्टेदार एउटा प्रमाणपत्र थियो। 

प्रमाण पत्रमा मेरो नामसँगै ‘सनसाइनिङ जुनियर टिम 'बी’ प्रथम स्थान’ लेखिएको थियो। पहिलो पटक फुटबल खेलेबापत पाएको पुरस्कार बिना दर्शकमाझ घरमै पाउँदा पनि धेरै खुसी लागेको थियो।

सनसाइनिङ जुनियर टिम विस्तारै साइनिङ हुँदै गयो। पञ्चोदय मा.वि. को चौरमा अण्डर-१६ (U-16) प्रतियोगिता भइरहँदा कक्षा ७ 'बी' का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई पराजित गर्दा एक गोल मैले पनि गरेको थिएँ।

विद्यालय परिवर्तनसँगै खेल्ने चौर पनि बदलियो। 

पञ्चोदय मा.वि.मा ८ पास गरिसकेपछि ९ र १० पढ्न कञ्चनपुरको गुलरिया पुगें। २ वर्षसम्म कृष्ण मा.वि.को उबडखाबड मैदानमा फुटबलको पछि पछि दगुरियो। 

समय अनुसार फुटबलमा पनि नयाँ-नयाँ नियम आउँछन्। यस स्कुलको खेल मैदानमा पनि नयाँ नियम आयो।
नियम यस्तो थियो –

म जुन टिमबाट खेल्थें, त्यो टिममा विपक्षी टिमभन्दा एक जना कम खेलाडी हुन्थे। टिम विभाजन गर्दा मलाई छाने वापत अर्को टिमले २ जना खेलाडी छान्न पाउँथ्यो। राम्रो खेलाडीको नाउँमा २:१ खेलाडी छान्ने नियम अरू ठाउँको फुटबलमा हुन्छ कि हुँदैन ? मलाई अहिलेसम्म थाहा छैन।

फुटबलको एउटा राम्रो पक्ष यसले मानिसलाई समाजमा चिनाउन मद्दत गर्छ। कञ्चनपुर गुलरियाको आसपास स्थानीय क्षेत्रमा मलाई चिनाउने माध्यम फुटबल बन्यो। प्रतियोगिता भएको ठाउँ पुग्नैपर्ने एक किसिमको लत बस्यो।

फुटबलमा जोस, उत्साह, हार, जित एक सामान्य प्रक्रिया हो। 

यसका अनेकौ पक्ष सुन्दर भए पनि अर्को कुरूप पक्ष पनि छ। त्यो हो- विपक्षी खेलाडीहरू बीच आपसीझै झगडा।

अघिल्लो दिन कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाले खेल कम, झगडा धेरै खेले जस्तो लाग्यो। यो प्रसंग लेखिरहँदा सन् २००६ को विश्वकप फाइनल चलिरहँदा फ्रान्सका जिनेदिन जिदानको ‘हेड बट’ विश्वभरि चर्चित छ। 

फुटबल पारखीहरूका लागि त्यो घटना अविष्मरणीय छ। मलाई भने कैलालीको जोन्हापुरमा २०५७ सालमा भएको ‘ब्याम्वो बट’ (बाँसको भाटा प्रहार ) ले झस्काइरहन्छ। 

कञ्चनपुरको सिंहपुर युवा क्लब र कैलालीको घोडसुवा युवा क्लबबीचको खेलमा म सिंहपुर युवा क्लबबाट मैदानमा थिएँ।

हाम्रो टिम अग्रता लिएको थियो। खेलमा हार्न लाग्दा विपक्षी टिमले निहुँ खोज्न थाले। तुलनात्मक रूपमा उनीहरूको ठाउँमा हाम्रा दर्शक पनि कम थिए। 

फल गरेको निहुँमा हाम्रा खेलाडीहरूमाथि आक्रमण भयो। आक्रमणमा उनीहरूको दर्शकले पनि साथ दिन थाले।
विज्ञानमा एउटा शब्दावली छ —

‘रिफ्लेक्स एक्सन।’

त्यो घटनाले म पनि ‘रिफ्लेक्स एक्सन’ आएँ। अकस्मात् मैले पनि पञ्च र किक हान्न थाले। २–३ जनालाई ढालेर अघि बढ्दै थिएँ।

पछाडिबाट बाँसको जरा सहितको भाटा मेरो टाउको बजारियो। म चौरमा ढलें। होस आउँदा तल्लो गिजासहित २ वटा दाँत बाहिर निस्केका थिए। खेल स्थगित भयो। अत्तरिया मेडिकलमा पुगेर गिजा जोडियो। सुन्दर फुटबलको कुरूप क्षण सम्झँदा हिन्दी फिल्म ‘गजनी’ को खलनायक जस्तै मेरो टाउकोमा बाँसको भाटा प्रहार गर्ने ‘नेपाली गजनी’ को होला ? अहिले पनि सम्झिन्छु।

मेरो स्वभावले नेपाली गजनी खोज्न मानेन। बरू मैले नयाँ खेल मैदान पाएँ। महेन्द्रनगर पाँच वर्ष अध्ययनको क्रममा बस्दा सिद्धनाथ विज्ञान क्याम्पसको खेल मैदानमा भुलें। पढाइकै क्रममा काठमाडौं कीर्तिपुर पुगें। 

त्रिवि परिसरको ल्याबोरेटोरी स्कुलको खेल मैदान भने भुल्न सक्दैन। त्यतिखेर इन्टर डिर्पाटमेन्टल फुटबल प्रतियोगिता हुन्थ्यो। 
२०६२ सालमा सेन्ट्रल डिर्पाटमेन्ट अफ केमिष्ट्रीले कास्य पदक पाएको प्रमाण–पत्र मेरो लागि अहिलेसम्मको अन्तिम प्रमाण–पत्र हो। क्याम्पसको पढाइ सकियो। सँगसँगै विद्यार्थी जीवनको फुटबल पनि सकियो।

त्यसपछि जीवनमा जागिरको नयाँ अध्याय सुरू भयो। त्यसबेला जतनका साथ किनिराखेको बुट, प्याड,  लङ्ग मोजा काम नलाग्ने बोरामा कोचियो। 

नयाँ कोठामा डेरा सर्दा काम नलाग्ने बोरा त्यहीँ छोडियो। सायद घरबेटीले त्यो बोरा फोहोर फाल्ने गाडीमा कोचे  होलान्। आज सम्झिँदा मेरो फुटबल बूट कुहिएर सडिसकेको होला। मेरो शरीरमा भने फुटबलको क्रेज ज्यूँका त्यूँ जिउँदो छ।

यो ब्लग लेखिसक्दा छर्लङ्ग बिहान भइसकेको थियो। श्रीमती बिहानै उठिन् र सोधिन् –

‘फाइनल कसले जित्यो?  फुटबल फ्यान ?’

यसको उत्तर फुटबल फ्यानहरूले जानून्।  

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १३:३२
सिफारिस
उनी आज पनि छोराबुहारीलाई सोधिरहन्छन्– दही जमायौ?
उनी आज पनि छोराबुहारीलाई सोधिरहन्छन्– दही जमायौ?
सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा नाउपाभित्र बाझियो मत
सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा नाउपाभित्र बाझियो मत
घट्यो अमेरिकी डलरको भाउ
घट्यो अमेरिकी डलरको भाउ
राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
एमालेको विधानमा छलछाम: महासचिव शंकर पोखरेललाई कर्ण थापाको 'काउन्टर'
एमालेको विधानमा छलछाम: महासचिव शंकर पोखरेललाई कर्ण थापाको 'काउन्टर'
चोभार गल्छीका चट्टानहरू हटाउने कुनै तयारी छैन: सहरी विकास मन्त्रालय
चोभार गल्छीका चट्टानहरू हटाउने कुनै तयारी छैन: सहरी विकास मन्त्रालय
सिनेमा हलमा क्रान्ति ल्याउने पर्दा पछाडिका भाष्कर
सिनेमा हलमा क्रान्ति ल्याउने पर्दा पछाडिका भाष्कर
बसाइँ सरेर जाने ठाउँबारे कसरी थाहा पाउँछ चराले?
बसाइँ सरेर जाने ठाउँबारे कसरी थाहा पाउँछ चराले?
महँगो टिकट राख्दा पनि कसरी सफल भयो क्युएफएक्स? (भिडिओ)
महँगो टिकट राख्दा पनि कसरी सफल भयो क्युएफएक्स? (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

Photo credit - Kyle Bean (Scientific American)
बसाइँ सरेर जाने ठाउँबारे कसरी थाहा पाउँछ चराले?
कति हतार हो!
मलाई ट्रेकिङ र जीवन उस्तै लाग्छ!
तिमी सधैँ सानै हुनू छोरा!
५०० दिनपछि छोरीसँग पुनर्मिलनको अँगालो!
जिन्दगीको ४ जिपिए!

विचार

अमित ढकाल
गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो? अमित ढकाल
विजयमणि पौडेल
केयुको शिक्षा संकाय कायापलट गरिदिने प्राध्यापक विजयमणि पौडेल
तुलानारायण साह
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले तुलानारायण साह
गोकर्णप्रसाद उपाध्याय
जब छोराका तीखा शब्दवाण बुबाको मुटुमा गाडिन्छन्! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनुज घिमिरे
बसाइँ सरेर जाने ठाउँबारे कसरी थाहा पाउँछ चराले? अनुज घिमिरे
विश्व पाण्डे
कति हतार हो! विश्व पाण्डे
प्रतिभा रानाभाट
मलाई ट्रेकिङ र जीवन उस्तै लाग्छ! प्रतिभा रानाभाट
रेशम तामाङ
तिमी सधैँ सानै हुनू छोरा! रेशम तामाङ

साहित्यपाटी

सुशिला शर्मा ‘शिलु’
थर हराएको प्राणी! सुशिला शर्मा ‘शिलु’
सन्तोष पौडेल
पुँजीवादको बाटो! सन्तोष पौडेल
राजेन्द्र कार्की
समाजसेवी! राजेन्द्र कार्की
युवराज आचार्य
म के चाहन्छु? युवराज आचार्य

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP