नेपाली कांग्रेसका उम्मेदवार तिलबहादुर थापाले तनहुँको देवघाट गाउँपालिकाको अध्यक्ष जितेका छन्।
उनले ४३०६ मत ल्याएर अध्यक्ष जितेका हुन्।
यहाँ एमालेका दुर्गबहादुर थापा अध्यक्षका उम्मेदवार थिए। उनी पराजित भए। उनले ३४८३ मत ल्याए।
गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिं गुरूङ निर्वाचित भए। उनले ३७२१ मत ल्याएका छन्। यहाँ एमालेबाट सावित्री न्यौपाने उम्मेवार थिइन्। उनले ३४६७ मत ल्याइन्।
यहाँ कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो।
०७४ मा देवघाटको अध्यक्षमा एमालेले जितेको थियो।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, १२:०८:००