रोल्पाको रून्टीगढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसले जितेको छ।
कांग्रेस उम्मेदवार जनक पुन अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ४३९१ मत ल्याएका छन्।
यहाँ माओवादी केन्द्रका उम्मेदवार गोविन्द पुन मगर पराजित भए। उनले ३७०८ मत ल्याएका थिए।
यस्तै उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भए। ४४३७ मतसहित सरिता केसी उपाध्यक्ष निर्वाचित भइन्।
यहाँ एमालेकी हस्तमाया बाँठा मगर पराजित भइन्। उनले ३६३६ मत ल्याएकी थिइन्।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, १९:३०:००