स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका उम्मेदवार विश्वनाथ पौडेल अध्यक्ष विजयी भए। उनले ५१७७ मत ल्याएका छन्।
यहाँ नेपाली कांग्रेसका प्रेमराज पौडेल पराजित भए। उनले ४३५१ मत ल्याएका थिए।
यस्तै उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सीता थापा निर्वाचित भइन्। उनले ५२७३ मत ल्याएकी छन्।
यहाँ नेकपा एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेल पराजित भए। उनले ३८१७ मत ल्याएका थिए।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, १९:४७:००