सामान्यत: हामीले जुम्ल्याहा बच्चा भन्नेबित्तिकै एकै दिन जन्मेकाहरू भनेर बुझ्छौँ। जुम्ल्याहाहरू केही मिनेटको अन्तरालमा जन्म लिएका घटना त प्रशस्तै हुन्छन्।
के तपाईंले जुम्ल्याहाको जन्म फरक वर्षमा भएको सुन्नु भएको छ?
तर अमेरिका यस्तै भएको छ।
डिसेम्बर ३१ को राति अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका जुम्ल्याहाको अन्तर केही मिनेटको होइन वर्षको भएको छ। फतिमा मड्रिगलले २०२१ को अन्तिम दिन छोरा र २०२२ को सुरुआतमै छोरीलाई जन्म दिएकी छन्।
द गार्डियनका अनुसार फतिमाले अल्फ्रेडो एन्टोनियो ट्रुजिल्लोालई डिसेम्बर ३१ को राति ११ बजेर ४५ मिनेटमा जन्म दिएकी हुन् भने र एलिन एन्टोनियो ट्रुजीलोको जन्म जनवरी १ को मध्यरातमा भयो। उनीहरू नै उक्त अस्पतालमा सन् २०२१ मा जन्मेका अन्तिम र सन् २०२२ मा जन्मेका पहिलो बच्चा भएका छन्।
यी जुम्ल्याहा दाजु-बहिनी १५ मिनेटको फरकमा जन्मिएका हुन्। त्यही १५ मिनेटले उनीहरूको जन्ममिति नै फरक वर्षमा हुन पुग्यो।उनीहरू केही मिनेटको अन्तरालमा जन्मिए पनि सँगै जन्मदिन मनाउन पाउने छैनन्।
जुम्ल्याहा बच्चाको जन्म मिति फरक भएकोमा आमा फतिमा मड्रिगल आफैं चकित छिन्।
'जुम्ल्याहा भएर पनि फरक जन्मदिन हुनु मेरो लागि साँच्चै अचम्मको कुरा हो,' उनले भनिन्।
फतिमाको डेलिभरीमा संलग्न उनको पारिवारिक डा. अना अब्रिल अरिसले यो आफ्नो करिअरकै अविस्मरणीय डेलिभरीको पल भएको बताएकी छिन्।
वर्षको अन्तिम प्रहर र नयाँ वर्षको सुरूआती समयको बीचमा बिरलै जुम्ल्याहाको जन्म हुन्छ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, ०५:१३:५४