एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान वर्षको रुपमा संचालन गर्ने भएको छ।
व्यक्तिको सबल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै अभियानको थालनी गरेको कम्पनीले जनाएको छ।क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुँच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि अभियान संचालन गर्ने छ।
क्यापिटलले सोही अभियानलाई टेवा पुर्याउन अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरेको क्यापिटलको भनाइ छ।
अभियानले महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने कम्पनीको दाबी छ।