डिशहोमले 'डिसहोममा डिलर दाई'को डिस्काउन्ट अफर संचालन गरिरहेको छ।
सोही अफरलाई डिशहोमले दशैंको अवसरमा २४ महिना रिचार्जमा 'डबल धमाका अफर' ल्याएको छ।
यस अफरमा डिलरदाईमार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिन पाइन्छ।
त्यसैगरी, २ बर्षे रिचार्जमा विक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुने बताइएको छ। जसअन्तर्गछ हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रति व्यक्ति एक/एक लाख नगद उपहार जित्ने डिसहोमले बताएको छ।
विक्ली लक्की ड्रको बिजेता घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीको आधारमा गरिनेछ।
प्रत्येक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नं. १०० र रमाईलो टिभीमा लक्की ड्रमाको प्रत्यक्ष प्रशारण हुने जानकारी गराइएको छ।
अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने बताइएको छ।