नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना सहभागी भएनन्।
सोमबार शीतलनिवासमा रामेश्वर खनालले अर्थमन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका थिए।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थहरूको सहभागीता थियो।
यो समारोहमा सभामुख घिमिरे र उपसभामुख राना सहभागी नभएपछि मानिसहरूले चासो व्यक्त गरेका छन्।
अर्को प्रतिनिधि सभा गठन भएर नयाँ सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म घिमिरे र रानाको पद यथावत रहने व्यवस्था छ। त्यसकारण प्रधानमन्त्री र मन्त्रीहरूको शपथ ग्रहणमा सभामुख र उपसभामुख उपस्थिति हुने, बधाई, शुभकामना दिने प्रचलन छ।
यो प्रचलनलाई उनीहरूले किन निरन्तरा दिएनन् भनेर मानिसहरूले चसो राखेपछि हामीले सभामुख घिमिरेको सचिवालयलाई सोध्यौं।
उनको सचिवालयले घिमिरे अस्वस्थ भएको जानकारी दिए।
‘उहाँ केही दिनदेखि स्वस्थ हुनुहुन्न। टाउको दुख्ने आदि समस्या देखिएकाले उपस्थित हुन सक्नुभएन,’ उनको सचिवालयले भन्यो।
हामीले उपसभामुख रानालाई पनि यसबारे सोध्न खोजेका थियौं। उनी भने सम्पर्कमा आउन चाहिनन्।
प्रधानमन्त्री सुशील कार्कीको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मात्रै सहभागी थिए। सांसदका रूपमा सुमना श्रेष्ठ मात्रै उपस्थित थिइन्।