Ncell
Setopati
x
Gyan
Setopati
x
Gyan
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, चैत ७, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

उनी

Royal Enfield
Royal Enfield
हिमा उपाध्याय

हिमा उपाध्याय

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

वैशाखको मध्य समय ठ्याक्कै याद नभए पनि मलाई लाग्छ १३ गते थियो क्यारे, दुई घना वनको बीचमा एउटा खोला, त्यही खोलामा आफ्ना सपना खोजिरहेका केही थान मान्छे, दिनको १ बजे कहीँ पानी बगेको देखिन्थ्यो त कहीँ साना साना तिनै केही थान मान्छेले आफ्ना सपना खोज्दै गर्दा निस्किएको चम्किलो उज्यालाका थुप्रा, कोही त्यही खोला किनारमा खाजा खाँदै थिए त कोही रूखका छाया खोजेर सुस्ताइरहेका देखिन्थे। मलाई भने कस्तो अनौठो खालको महशुस भैरहेको थियो।

म काठमाडौं जन्मथलो छोडेर पहिलो पटक कतै बाहिर गएको थिएँ। म यो जे देखिरहेको थिएँ त्यो सपनामा पनि नदेखेको, मलाई एकदमै अनौठो महशुस भैरहेको थियो।

म यी दृश्य एकटकले हेरिरहें। सायद यसमै भुलिसके छु।

नजिकैबाट मधुर स्वरमा आवाज आयो दिदी किन यसरी हेर्नुभाको ?

म केही नभएजस्तो गर्दै बोलें- केही होइन, ऊ त्यो रूखमा बसेको कुन चरा रहेछ ? कति राम्रो म त हेरेको हेर्‍यै भएछु। हेर त उ त्यहाँ भन्दै मैले विषयान्तर गरें।

मासुम चेहरा, चुच्चो परेको मैलो च्यातिएको र धेरै समयदेखि नधोएको जस्तो देखिने सलबाट लामो लामो धेरै समयदेखि राम्ररी सफा नगरेको कपालले चिहाइरहेको प्रष्ट देखिन्थ्यो, असाध्यै मायालु तर फुङ्ङ उडेको र थकित चेहरा हेर्दा लाग्थ्यो ऊ असाध्यै बिरामी छे। मसँग बोल्दा लजालु र मायालु स्वरमा बोलेकी थिई।

बिस्तारै म उसको अंग,अंग चिहाएर हेर्छु, म धेरै गहिराइमा डुबेर उसलाई नियाल्छु, पानीभित्रको बालुवा जब उसले बेल्चामा सकिनसकि बाहिर निकाल्थी र काँधमा त्यो बेल्चा राखेर बाहिर जम्मा पारेको थुप्रोमा मिल्काउँथी। म उसलाई एकोहोरो हेरिरहन्छु, ऊ एकोहोरो आफ्नो काम गरिरहन्छे, खोला किनारमा रहेका अरू मान्छेलाई चिहाएर हेरें उनीहरू आफ्नै धूनमा थिए, तर म उसको धुनमा हराउँछु।

छाला खुइलिएर राताराता भएका औंला, माइली औंलाबाट रगत बगिरहेको थियो २ देखि ४ बेल्चा बालुवा फालेपछि उसले त्यो औंलाको रगत आफ्नो औंला मुखमा हालेर केही समय चुस्छे र फेरि निरन्तर काममा लाग्छे।

घोरिएर हेर्छु, लाग्छ म सपना मै छु, म सपना देखिरहेको छु तर त्यो सपना थिएन त्यो त एउटा सुनौलो सपना देखिरहेको एउटा प्रतिनिधिमूक सत्य घटना थियो।

Ncell
Ncell

करिब-करिब आधा घण्टा जसो म उसलाई यसरी नै हेरिरहन्छु र भन्छु -बहिनी आऊ एकछिन आराम गर सबैले आराम गरिरहेका छन्। तिमी किन एक्लै यस्तो गर्मीमा काम गरिराखेको बिरामी परिन्छ ऊ मौन भैदिन्छ। एकछिनमा भन्छे- नाई दिदी साँझसम्म बालुवा पुराएर बेच्नुपर्छ नभए आज पनि घरमा आमा,भाई,बैनी भोकै हुन्छन्। तपाईं जानुस् है।

फेरि हेर्छु म उसलाई पसिनाले पूरै शरीर भिजेर टाढासम्मै पसिनाको गन्ध सहजै जो कसैले थाहा पाउथ्यो,  प्राय: सबैजसो औंलाका छाला खइलिएर भित्री मासुमात्र देखिन्थ्यो देख्दै डरलाग्दो। उसको बारे जान्न उत्सुक थिएँ। दिदी पनि भन्छौ अनि दिदिले भनेको पनि मान्दैनौ भन्दै हक जताएर उसलाई लिएर अरुहरूले आराम गरिरहेको नजिकै एउटा रूखको छायामा बसालें।

बहिनी के नाम तिम्रो ? वातावरणलाई सहज बनाउँदै मैले उसलाइ सोधें – जवाफमा सरिता, उसले एक वाक्यमा उत्तर दिई।

घर कहाँ नि नानी? मैले उसलाई फेरि प्रश्न तेस्र्याए जवाफमा उसले भनी यो डाँडापारि एउटा खोला छ नि त्यहीँ पारिको गाउँको सबभन्दा पुछारको घर हो।

ऊ विस्तारै खुल्दै थिई। मैले झोलाबाट आफूले खानलाई लगेको बिस्कुट, एक पोका चाउचाउ र एक बोतल पानी दिँदै लौ खाऊ भनेर दिए।

अप्ठ्यारो मान्दै समातेर एकोहोरो टोलाइरही मैले खाऊ, खाऊ भन्दै आफू पनि बिस्कुट खान थालें।

उसले भनि- दिदी यो पानी चाहिँदैन तपाईं नै खानुस्। हाम्रो त यहाँ मूल छ त्यही पानी खान्छौं भन्दै पानीको बोतल फिर्ता दिई र चाउचाउ खोलेर एक दुई टुक्रा गर्दै खान थाली।

एकछिनमा उसले भनि- दिदी तपाईंको घर कहाँ हो नि ? मैले आफ्नो परिचय दिएँ  र त्यो सहजताको फाइदा उठाउँदै मैले सोधें–घरमा को को हुनुहुन्छ ?

खान लागेको चाउचाउ राम्ररी हेरिरही मानौं कि लाग्थ्यो चाउचाउसँग उसको नाता केही अनौठो छ यो खानेकुरा उसलाई खान मन लागेर पनि ऊ खान सकिरहेकी छैन।

उसले यसरी कुरा सुरू गर्छे, यो मेरो खुट्टाको घाउ छ नि दिदी यो मेरो बुवाले हिजो राति रक्सी खाएर आमालाई कुट्दाखेरि आमासँगै भाग्दा लागेको चोट हो। पहिलोचोटि बालुवा बेचेर कमाएको सय रुपैयाँ आफैं राखेर किनेका राम्रा फूलवाला चप्पल थिए। ती पनि घरमै छुटे अनि घर जान डर लाग्यो र चप्पल नलगाई आएको भन्दै बेदना मिश्रित हाँसो हाँसी ऊ र भनि-  आमा, एउटा भाइ, बहिनी र म गरी घरमा पाँच जनाको परिवार छौं।

म अहिले १३ वर्ष भएँ। कक्षा–४ मा पढ्थें। बुवाले घरको काम गर्ने मान्छे छैन अब पढ्नु पर्दैन तैले भनेर १ महिना जति स्कुल जान दिनुभएन तर म सुरूमा लुकीलुकी गएँ।

अहिले ६ कक्षामा पढ्छु, आमा मजदूरी गर्नुहुन्छ। भाइ र बहिनी पनि स्कुल जान्छन्। म बिदाको बेला यहाँ बालुवा बनाएर भाइबहिनी र आफ्नो पढाइ खर्चको जोहो गर्छु। आमाले कमाएको पैसाले घरमा खानेकुरा किनेर खान्छौं। अस्ती आमालाई ज्वरो आएर उठ्नै सक्नुभएन घरमा खानेकुरा पनि थिएन।

मैले अघिल्लो शनिबार बालुवा बेचेको पैसाले भाइबहिनी र मेरो लागि कापी र कलम किन्दा सकियो। ३ दिनदेखि घरमा खानेकुरा केही नभएर बुवाले हिजो खाना खान दिइनँ भनेर आमालाई कुट्नु भो। बिरामी आमा भाग्न नसकेर बुवाले कुटेर झन् थलिनु भएको छ।

पहिला पहिला बुवाले आमालाई छोरा जन्माइनस् भनेर कुट्नुहुन्थ्यो त्यसैले आमाले अलि अलि कमाएको पैसा पनि वर्षमा २ पटक छोरा कि छोरी हेरेर फालेको पाँचौ पटकमा मेरो भाइ जन्मियो।

भाइ जन्मेपछि त बुवाले आमालाई माया गर्नुहोला भनेको त झन् झन् कुट्न थाल्नु भो। बुवाले एउटा आँखाको भर हुन्न अर्को पनि छोरो चाहिन्छ भनेर आमाले १ हप्ता अगाडिमात्र चेक गर्दा छोरी भएर फालेर आउनुभएको भन्दै गला अवरूद्ध पार्दै आँखाभरि आँसु एकै पटक सुक्क गरेर उता फर्किई।

म पनि केही बोल्न सक्ने अवस्थामा थिइनँ। मैले उसको मुहारमा हेरें ऊ आशावादी भावमा बोली- दिदी म जति दु:ख गरेर भए पनि पढ्छु र भाइबहिनीलाई पढाउछु अनि आमालाई सुखले पाल्छु। यस्ता बाउ हुनुभन्दा त नभए बरु जाति, जति गरिन्छ त्यति खाएर सुखले बस्न हुन्थ्यो झैं लाग्छ। कहिलेकाहीँ त! तर आमा भन्नुहुन्छ- जे जस्तो भए पनि बा भनेका बा हुन् छोरी त्यस्तो नभन्।

दिदी म जति दु:ख गरेर भए पनि पढ्छु र केही गरेर देखाउने मन छ। यसरी मैले सोचेको कसरी पूरा होला र खै ? भाइबहिनी ३ दिनदेखि भोकभोकै छन्। अब यो लगेर घर जान्छु र भाइ र बहिनीलाई बिस्कुट दिन्छु,थाहा छ दिदी? उनीहरूलाई बिस्कुट असाध्यै मन पर्छ। खुसी हुन्छन् र यो चाउचाउ पकाएर हिजो पैंचो ल्याएको पिठो, तरकारी खाने नभएर त्यसै छ त्यही रोटी आफैं पकाएर आमालाई पनी अघाउन्जेल खुवाउँछु र खान्छौं। 

उसको अघाउन्जेल खान्छौं भन्ने वाक्यले मलाई झस्कायो र आमाले दिएको खाना मीठो भएन भनेर आमासँग झगडा गरेको कुरा सम्झिएर म फेरि एकपटक गहभरि भएका आँसु पुच्छ्दै गर्दा ऊ त्यो लिएर कहाँ गई थाहा नै भएन। उसलाई भेटेर उसको सपना पूरा भयो होला कि नाई भनेर सोध्न मन छ। अझै पनि मासुम चेहरावाला कोही नानी देखे मलाई उसको यादले खुब सताउँछ।

   

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १३:५४
सिफारिस
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP