Ncell
Setopati
x
Gyan
Setopati
x
Gyan
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, चैत ७, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

सपना

Royal Enfield
Royal Enfield
हिमा उपाध्याय

हिमा उपाध्याय

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘हेल्लो के सोचेको ? कफी चिसो भयो।’ आफ्नो रित्तो कप टेबलमा राख्दै मैले भनें।

ऊ  एकोहोरो मलाई हेरिरहेको थियो। यसरी कि ऊ ममा आफ्ना सारा अनुत्तरित प्रश्नको जवाफ भेटाउन म भित्रको सागरमा डुबुल्की मारिरहेको थियो। तर उसको मौनता तोडिएन र ऊ एकोहोरो मलाई हेरी नै रह्यो।

‘के हेरेको ? के भो ?’ केही बोल्दैन ढुङ्गो भन्ने थाहा हुँदाहुँदै के सोधिराँ म पनि भन्दै उसको जुठो कप उठाएर पिइदिएँ।

मैले टेबलमा राख्ने वित्तिकै उसले बिस्तारै कपतर्फ हात बढायो, बिस्तारै उठाएर आनन्दित भएर प्रत्येक कफीका घुट्कीसँगै उसका ती नीला ठूला आँखाले एकनास चिहाइरह्यो,पढिरह्यो मेरो अनुहार पढि नै रह्यो। कप भुइँमा नराखेरै मौनतामै उसले त्यो कफी थोरै छोडेर सबै पिएर सक्कायो। अनि चम्किलो उसको अनुहारमा थोरै फिक्कापन भरिएर आयो। म उसलाई हेरेर ऊभित्र हराउन पुगेछु।

उसका शान्त ती नयनका पढ्न नसकिने अनेकन प्रश्नहरूलाई जो धेरै पटक साहस बटुलेर ऊ मसँग जवाफ माग्थ्यो र ती उसका प्रश्नले म झन नाजवाफ भैदिन्थें।

मैले हजारौं पटक अनुत्तरित छोडिदिएका प्रश्नको लाग्थ्यो उसले आज मेरा अनुहारका रेशाहरू पढेर मौनतामै उसका अनुत्तरित प्रश्नहरूको उत्तर खोजेर शान्त हुनुछ उसलाई । तिम्रो कफी म खाऊँ ? ऊ झस्कियो छैन सकियो ऊ बोल्यो। मैले कप उठाएँ र थोरै उस्ले छोडेको कफी सुरुप्प सुप पिएझैं गरि पिइदिएँ।

‘थाहा छ अरुण जी मेरो फेभरेट कफीसप हो यो मलाई नेपाल आएपछि एक कप यहाँको कफी खान नपाए त निन्द्रा पनि राम्ररी पर्दैन’ भन्दै गर्दा उसले मेरो कुरा के बुझ्यो कुन्नि साहस बटुलेर बोल्यो ‘आज मेरो लागि समय छ म्याम?’

‘किन?’ मैले प्रतिप्रश्न गरें।

उसले नम्र हुँदै भन्यो ‘हजुरसँग एक्लै गफ गर्न मन छ मेरा सारा प्रश्नको जवाफ आज तपाईंले दिनैपर्छ।’ 

Ncell
Ncell

मैले पनि धेरै समयदेखि यही समयको प्रतीक्षा गरेकी थिएँ। तर पनि मैले उसलाई  मेरो धेरै काम छ म त्यस्तो समय मिल्यो भने भन्छु नि है भने।

ऊ आशावादी भावमा मेरो कुरा सुनिरह्यो। उमेरमा त्यही म भन्दा १०–१२ वर्ष जेठो भएपनि पदीय हिसाबले म ऊ भन्दा ठूलो थिएँ। त्यसैले ऊ मलाई सधैं म्याम भनेर सम्वोधन गर्थ्यो भने म उसलाई जी भन्थे कहिलेकाहीँ उसको नाममात्रले पनि म बोलाउँथें तर ऊ मलाई सधैं म्याम शव्दले सम्बोधन गथ्र्यो।

उसले मलाई बानेश्वरसम्म म छोडिदिन्छु बस्नु भन्छ। अगाडिको सिट खाली नै थियो ऊ र मबाहेक कोही तेस्रो व्यक्ति गाडीमा थिएन र पनि म पछाडिको ढोका खोल्छु। उसले बिस्तारै म्याम अगाडि बस्नु भन्ने मौन भावका साथ अगाडिको ढोका खोलीदिन्छ।

म आफ्नो झोला काखमा राखेर उसको ड्राइभिङ सिटको नजिकै बस्छु। म्याम पछाडि खाली छ हजुरलाई अप्ठ्यारो होला हजुरको व्याग पछाडि राखीदिन्छु भन्दै मेरो व्याग समाएर पछाडिको सिटमा राखिदिन्छ।

उसले विस्तारै ड्राइभिङ गर्छ म आफूलाई सम्हाल्न सकिरहेको थिइनँ। ऊप्रतिको मेरो भावना उसको भन्दा तीव्र छ तर अव्यक्त भावना उसले बुझेको महशुस भैराथ्यो।

‘कति भो चलाउन थालेको राम्रो चलाउनुहुँदो रहेछ गाडी त’ मैले भनें।

’मलाई गाडी चलाउन त्यती आउँथेन र चाहना पनि थिएन तर जब तपाईलाई म महशुस गर्न थालें त्यसपछि तपाईलाई यही सिटमा राखेर एकान्तमा गएर जहाँ कसैले नदेखोस् अनि म आफ्ना चहाना र  भावनाहरू तपाईसामु तपाईका ती कोमल हातहरूमा आफ्ना हातहरू सल्वलाउँदै मनका बहहरु धित मरुन्जेल पोख्न पाउँ यत्तिका लागि मैले यो सिकेको हो।

अनि आज तपाई नेपाल आउनुहुन्छ भनेर अफिसमा सरोज सरले कुरा गरेको सुनेर मैले यो गाडी हिजोमात्र झिकेको हो यो कलर यो ब्राण्ड, यो गाडी सबै तपाईलाई मनपर्छ भनेरै मैले किनेको हो।

थाहा छ म्याम तपाईं जब अमेरिका जानुभो त्यसको त्यस्तै तीन चार महिनामा मेरी श्रीमतीले मलाई छोडेर गइन्। त्यसको केही समयमा सरोज सरमार्फत् नै मैले तपाईले पनि सरसँग छुट्टिएर बसेको थाहा पाएँ। त्यसपछिको फोनमा तपाईले हो भन्ने जवाफ दिनुभयो। त्यसपछि म तपाईंमै हराउन थालें।

दूरीका हिसाबले कोषौं टाढा तपाईंसँग एक्लै तपाईंलाई महशुस गरेर मैले यी चार वर्ष कसरी बिताएँ त्यो त मलाई मात्र थाहा छ। तपाईसँग भएका कुराकानी मेरो ल्यापटपमा फोल्डर बनायर राखेको छु।

म तपाईंलाई नभेटी महशुसमात्र गरेर पनि बाँच्ने क्षमता विकास भैसक्यो मेरो त। तपाईंले कहिल्यै पनि आफ्नो कुरा मलाई भन्नु भएन जहिल्यै मेरो कुरा सुनेर नाजवाफ बसिदिनु भो। मलाई तपाईं चाहिँदैन तर मप्रतिको तपाईंको जवाफमात्र भए पनि पुग्छ।

ऊ एकोहोरो बोलिरहेको थियो बानेश्वर जाने भनेर हिँडेको म बानेश्वर आएर पनि झर्न मन लागेन उसको कुराले मन पोल्यो। ऊ बोलेका प्रत्येक भाव मौन समर्थन गरेर अर्काको देशमा बस्दाका पीडा महशुस गर्दै गर्दा मेरा आँखाबाट अनायासै आँसु बनेर पानी बगिदिन्छ।

जो म चाहन्थिनँ हत्तपत्त म लुकाउन खोज्छु, ऊ देख्छ। गठ्ठाघर पुगिएछ बाहिर पसलमा झुण्ड्याएको बोर्ड हेरेर थाहा पाएँ  र पनि मौन रहें मलाई पनि उसको सामिप्यता मौनतामै प्यारो लागिरहेको थियो।

उसले आफ्ना मनका बहहरूलाई समुन्द्र खोज्दै उर्लेको खहरे खोला जसरी हतार हतारमा दौडाइरहेको थियो। म त्यही खोलामा मिसिएर निरन्तर साथसाथै बगिरहेको महशुस गरिरहेको थिएँ जो यी अमेरिका बसाइँका ४ वर्षमा मैले महशुससम्म गर्न पाएकी थिइनँ।

घरबाट विवाहको लागि धेरै केटी हेरिदिएँ तर मलाई त्यो विषय मेरो जस्तै लागेन तपाईंलाई जबसम्म भेटेर जवाफ पाउँदिनँ तबसम्म म कुनै पनि कुरालाई निर्णय लिन सक्ने अवस्थाको थिइनँ। दिनभरि अफिस जान्थें।

तपाईं बस्ने कोठामा म दिनमा कम्तिमा पनि बिहान जाने बित्तिकै र साँझ घर आउनुभन्दा अगाडि कसैले नदेख्ने गरी चिहाएर आउँथे अनि जब जब रात पथ्र्यो त्यही तपाईं बस्ने कोठा आँखा चिम्म गरेर महशुस गर्थें।

तपाईंलाई म्यासेज लेख्थें, तपाईंको रिप्लाइ नआएका कैयन् दिनहरू मैले रातभर यी नयनहरू तपाईंको म्यासेजको प्रतीक्षामा बिछ्याउँदा पनि आइदिन्थेनन्  र पनि यी नयनहरू थाकेको महशुस गरेनन्। त्यसैले त यी ४ वर्षमा तपाईलाई मैले आफूलाई भन्दा बढी पटक सम्झिए हुँला, आफूलाई भन्दा बढी पटक महशुस गरेको छु।’

साँझको ६ बजिसकेको थियो नगरकोटको होटल उसले ३ दिन अगाडि नै पूरै बुक गरिसकेको रहेछ ताकी त्यहाँ हामी गएको कसैलाई थाहा नहोस् र यदि मैले उसको भावना स्वीकार गरिनँ भने पनि ऊ र म बाहेक अरुले थाहा पाएर मेरो बारेमा कुरा नगरून्।

ऊ पार्किङ गरेर सिधै काउण्टर जान्छ र सोध्छ ‘अरु कोही त छैनन्?’

‘छैनन्’ साहुजीको जवाफ हुन्छ।

होटलको १ नं. विल्डिङमा म हुन्छु कोही पनि नआउँदा हुन्छ केही चाहिए म मगाँउछु। उहाँ मेरो अफिसको कन्ट्री डाइरेक्टर आज उहाँलाई एकान्त घुम्न जाने भनेर लिएर आएको शान्त रहोस् भन्दै ऊ पूरै भवनको साँचो लिएर आउँछ।  

कोठा मगमग बास्ना आइरहेको थियो,शान्त, मनमोहक नगरकोटमा भर्खर पानी परेर आधा हुस्सु र आधा घाम लागेको मन नै आनन्दित हुने वातावरण थियो।

बगैंचामा चराहरू चिरबिर गरिरहेका थिए। ऊ अलमल परेझैं चेहराभाव झल्कन्थ्यो म उसँग भएर  पनि उसका जस्तै मेरा कथाहरू पनि थिएँ भनेर उसको छातीका आफ्नो शिर राखेर मायाले उसले मेरा मायाका कहानीहरूमा हो मा हो थप्दै आफ्ना अव्यक्त भावहरू उसलाई भन्न चाहन्थे र पनि आँट गर्न सकिरहेको थिइनँ।

ऊ बसेको कुर्सीबाट उठेर जिउ तन्काउँदै ‘आराम गर्दै गर्नुस् है बरु के मगाउ चिसो तातो’ उसले सोध्यो।

म उसको हात च्याप्प समाउन पुग्छु, जीउमा एक प्रकारको तरंग उत्पन्न हुन्छ, मनभित्र समुन्द्रको वेगसरी छालहरू पैदा हुन्छन्। म उसलाई त्यही छालमा समाहित गरेर समुन्द्री छालसँगै विलिन गराउन चाहन्छु। म आजका दिनदेखि यो छाल तिमीसम्म आएर मात्र शान्त हुनसक्छ मेरा हर प्रहरहरू तिम्रै लागि जिइदिन्छु भन्ने अनुभूत मनभरी आउँछ तर व्यक्त गर्न सक्दिनँ म नारी न परे त्यो म उसको मुखबाट सुन्न चाहन्छु भन्ने कल्पनामै थिएँ।

बाहिरबाट आवाज आउँछ मामु आची आयो ट्वाइलेट जाने। मेरो सानो छोरो उठेर पनि बाहिर निस्किसकेको रहेछ। यसो घडी हेर्दा बिहानको ५ बजेर ३५ मिनेट गएको रहेछ। आजसम्म पनि त्यसपछिको सपना आओस् भन्ने कल्पनामै प्रत्येक रातहरूमा निदाउने गर्छु, त्यही सपनामा बाँचिरहेकी छु।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ११:४८
सिफारिस
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP