Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, असार ८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

डायरी

प्रकाश कुमार सिग्देल

प्रकाश कुमार सिग्देल

साउन ३१
प्रकाश कुमार सिग्देल
प्रकाश कुमार सिग्देल

'कम्ता दुःखसँ पढेको हो हामी? तिहुनको त के कुरा गर्नी? घरड लको तीन चार वटा गेडा भट्टमा तोर्लंग तीन गण्डकी झोल बनायो। भट्टको गेडा, तलाईं दुइटा पर्यो‍ मलाई यौटा मत्रै। यही कुराँ लरालर गरिन्थ्यो। अभावै भए नि त्यो बेला चाहिँ साह्रै रमाइलो हुन्थ्यो है,' भाइ कड्केर बोलिरहेको थियो।

म सुनेर बसिरहेँ। केही बोलिनँ।

'अनि सेन्दाइ, हजुरलाई त्यो भट्ट ठूल्दाइले नउमारिदिएको भए के खानुन्थ्यो नि। फूर्ति त निकै छ त,' बहिनीले थपी। म भाइ र बहिनीको यो भलाकुसारी रमाइलो मानेर सुनिरहेको थिएँ। अझ रमाइलो त यसमा लागेको थियो कि आज धेरै वर्षपछि बहिनी, भाइ र मेरो परिवार सँगै मिलेर दसैं मनाउन पाएका छौं।

'म त गएँ कोठातिर,' बहिनी आफ्नो सेन्दाइलाई घुर्की लाउँदै मेरो कोठामा पसी। म पनि रमाइलो मानेर बसेर भएन अब जानुपर्‍यो, गोठको काम त्यत्तिकै छ भनेर हिँडे।

...

बुवाआमाका हामी तीन सन्तान। म, मेरो भाइ अनि बहिनी। भाइबहिनी सानै छँदा बुवाले हामीलाई टुहुरो बनाएर जानुभयो। उहाँमाथि दुईथरिका लडाइँले धावा बोलेको थियो। एउटा रोगसँगको लडाइँ, अर्को गरिबी।

रोगसँगको लडाइँमा उहाँ एक्लै भए पनि गरिबीसँगको लडाइँमा भने आमाको साथ थियो। त्यो लडाइँमा बुबाआमाको आत्माले हाम्रो साथ र सहयोग त पक्कै माग्दो हो। तर हामी सानै भएकाले त्यसमा सहभागी हुन सकेनौं। 'शोक न सुर्ता भोक न भकारी' भनेजस्तै त्यति बेलाका हामी काँचो माटोलाई के थाहा, बुवाआमाको त्यो व्यथा।

जब बुबाको देहान्त भयो त्यसपछि भने मलाई उमेरले भन्दा नि व्यवहारले पाको बनायो। कलिलो टाउकोलाई बडेमानको बोझले थिल्थिल्याउँदा म आत्तिनु स्वाभाविक थियो। मैले जसोतसो एसएलसी पास गरेँ। घरको अवस्था सुध्रेला भन्दा झनझन् बिग्रँदै जान थाल्यो।

घरमा बस्न रत्तिभर मन थिएन। मैले नपढेर के भो र भाइबहिनीलाई पढाउन सकेँ भने ठूलो सन्तोष छ नि! त्यति बेला स्वार्थी बन्न उमेरले दिएन वा परिस्थितिले त्यस्तो सोच्न बाध्य बनायो।

जमाना अनुसारको खटन, उति बेला एसएलसी सकिएपछि नतिजा नआउञ्जेलसम्म भारत जानेको लर्को लाग्थ्यो। पशुपतिको जात्रा सिद्राको व्यापार भनेजस्तै। टाइम पास पनि हुने र घुम्न पनि पाइने, धेरथोर पैसा कमाउन सकियो भने नि साहुको ऋणले छिद्रैछिद्रा भएको व्यवहारलाई एक-दुई ठाउँ तानतुन पारेर टाल्न पनि सकिने।

एसएलसी सकिएको केही दिनपछि पल्लारे काकासँग मुग्लान छिरेँ। घर सोधेको भए त के जान दिनुहुन्थ्यो र?

वैशाख अन्तिम। बर्खा सुरु हुनै लागेको थियो त्यसमाथि घरमा कामको चटारो पनि थियो। सानो छँदा लाहुरे दाइहरूबाट निकै गफहरु सुनिन्थ्यो। विदेशमा यस्तो हुन्छ, उस्तो हुन्छ। एक त यिनै कुराले पनि मलाई विदेश जान उक्साएको थियो। जब घरको आँगनदेखि क्रमशः भौतिक दुरी तन्किन थाल्यो ती कल्पनाका महलहरु एकपछि अर्को गर्दै गर्ल्यामगुर्लुम्म ढले। लगभग एक हप्ताको यात्रापछि गन्तव्यमा पुगियो। एउटा सरदारको कोठीमा काम पाएँ। त्यहीँ काम गरेँ।

त्यसको एक महिनापछि पुछारघरे काखाँ दाइ पुग्नुभयो।

'ठूले, घराँ बा सिकिस्तै छन्। राती निन्द्रामा पनि ठूले ठूले भनेर बर्बराउँछन्। यहाँ जान्छु उहाँ जान्छु भनेर हिँड्दिया भा पनि हुने तँ। त्यतिकै थाहै नदिई भागेर हिँडिछस्। घर जा बाबै। बाको घिट्केसोले तलाईं नै कुरेर बसे जस्तो छ।'

काखाँ दाइको यो कुराले मन भारी भयो। मनमा पश्चातापको राँको दन्किन थाल्यो। सोचेँ, म पनि उस्तै हो। एक वचन बालाई म यहाँ जान्छु है भनेर सोधेको भए के बिग्रिने थियो, अब घर जाउँ त कसरी जाउँ? एक्लै जान सक्दिनँ। घर जाने कोही साथी पाइहाले पनि एक दुई हप्ता त कुर्नै पर्छ।

म घर पुग्दा ढिला भइसकेको थियो। बुवा सिकिस्तै भएर ओछ्याउनमा लडिरहनुभएको थियो। दिशापिसाब पनि तर्काउन नसक्ने स्थिति थियो बुवाको।

'ठूले आइस्, काँ गाथिस् यत्रा दिन? हेर त तेरो पीरले आमाको हाड र छाला मत्रै बाँकी छ,' मुखमा अड्किएको कफले बुवा बोल्दा बोल्दै बीचमै रोकिनुभयो।

अरु बोल्न खोज्नुभएको थियो, सक्नुभएन। आँखाको डिलबाट आँसुको भेल बग्न थाल्यो। मेरा पनि आँखा रसाए। बा भक्कानिन थाल्नुभयो। म त्यहाँबाट हिँडिहालेँ। म आएको एक दुई दिनमै बुवा बित्नुभयो।

कयौं दिनदेखि जीर्ण भई ढलेको घरको मियोले हाम्रो साथ छोड्यो। ऋण धन गरेर काजकिरिया गरेँ। उम्किएको भोलिपल्टैदेखि घरमा साहुहरुको भीड हुन थाल्यो।

जीतमान साहु भन्दै थिए, 'हेर है ठूले, अरु जे जे भए नि यो काजकिरियाको ऋण चाहिँ झट्टै तिर्दे। ढिला अरिस् भने भारा लाउँछ। पितृको आत्मा भड्किन्छ, सराप्छन् पितृले। सात पुस्तालाई पिर्छ।'

उनीहरूलाई आफूले दिएको ऋण चुर्लुम्मै डुब्ने हो कि भन्ने पीरले निकै गाँजेको थियो।

'एक वर्षसहँ त खोला तर्न नि हुन्न, बरखी नि बार्नपर्‍यो। यस्तो बेलाँ नि कस्तो कुरा अर्न सकेको ए जीतमान साहु,' पण्डित बाले हकारिदिनुभयो।

बुवा बितेको वर्ष दिन पुग्यो। 

'हेर बाबु म एक्लै छु। भाइबैनी साना छन्। अब तेरो ब्या गर्नपर्‍यो। बुहारी भै भनि मलाई नि साथी हुन्छे। यत्रो ऋण छ। साउहर्को दिन्दिनैको कचकच कति सहनि हो र? अरब तिर जा भो। दुई चार पैसो कमाइस् भने नि तिनर्को मुखाँ बुझो लाम्न त हुन्छ,' आमाको यस्तो कुराले म के गरुँ र कसो गरुँ भयो। निकै छट्पटाएँ। आमाको त्यो बोलीलाई हार्न सकिनँ।

बिहे गरेँ। केही समय जीवनसंगिनीसँग बिताउन नचाहेको पनि होइन। तर साहुहरुको कचकचका कारण विदेश नगई धर पाइनँ।

खेत साहुलाई जिम्मा लगाएर ऋण लिएँ। पासपोर्ट बनाएँ। म्यानपावरले सुरुमा एक हप्तामा फ्लाइट हुन्छ भनेकोमा धेरै पटक काठमाडौं आइजाइ गर्दा पनि काम बनेन। अब त लाज नि लाग्न थाल्यो। घरबाट निधारमा रातो टीका लगाएर बिदाइका हात हल्लाउँदै मन अमिलो पार्दै गयो। फेरि फर्क्यो, आयो। यो कथा धेरै पटक दोहोरियो।

चिनेको जो भेट भए नि भनिहाल्थ्यो 'अस्ति फ्लाइट हो भनेर गाथिस् त, फेरि फर्केर आइछस्। तँभन्दा पहिले प्रोसेस चालेकाहरू विदेश गएर काममा लागिसके अनि पैसो नि पठाइसके तँ भने यहीँको यहीँ।'

भेटेजति साहुहरूले पनि यही भनेर हैरान पार्थे। ऋणको ब्याज बढेकै थियो, त्यहीँ माथि काठमाडौं जाँदा आउँदाको खर्च। अब त जोगी नै भइने भयो।

'अब कहिले उड्छस् तँ? खै दलालले ठगेजस्तो छ तलाईं त?' जहिले यही प्रश्नको झटारोले प्रहार गरिरहन्थे साहुहरु। साहुको नजरबाट कसरी जोगिने? दिमागमा त्यहिमात्र घुमिरहन्थ्यो। आमालाई पनि त सान्त्वना दिनुपर्‍यो। प्रत्येक पटक नयाँ नयाँ रेडिमेड जवाफका साथ घर आउथेँ।

आज पनि निधारमा रातो टीका, पिठ्युँमा झोला बोकेर घरबाट निस्किएँ। आजको बिदाइको परिदृष्य अरु दिनभन्दा अलि फरक थियो। सुरूमा विदेश जान भनी घरबाट निस्केर हिँड्ने बेला जस्तो आमा र श्रीमतीको त्यो बेहाल मैले देख्नुपरेन। बारम्बारको मेरो फकाईले उहाँहरूको विश्वासमा कुठाराघात गरेको थियो क्यार।

त्यही भएर उहाँहरुलाई विश्वास थिएन कि अहिले मेरो काम बन्छ भनेर। झोला बोकेर दैलोको ठेलाबाट निस्कनै लाग्दा पल्लारे काकी रित्तो गाग्री लिएर धारातिर गइन्।

'लौ बित्यासै पर्‍यो। साइतै बिग्रियो नि, अहिले नि काम नबन्ने भ। यिन्लाई नि यही बेलाँ रित्तो गाउरी देखाम्न पर्नी,' आमा कराउन थाल्नुभयो।

सहर पुग्दा रात परिसकेको थियो। गाउँकै दाइको लज भएकाले मलाई होटल खोज्नुपरेन। दिनभरको पट्यारो लाग्दो बसको यात्रा। शरीर गलेको थियो। खाटमा पल्टिएँ।

'पर्सि त फ्लाइट। भोलि एक दिन बाँकी रह्यो। अहिले त जान पाए नि हुने! हे भगवान !' लामो सुस्केरा हालेँ।

त्यही बेला फोन आयो, 'ल भाइ तिम्रो पर्सिको फ्लाइट फिक्स भयो है। भोलि मलाई अफिसमा भेट्नू।'

खुसीको सीमा रहेन।

'पुगेपछि फोन गर है' आमाको यो आग्रहलाई खुसीको पर्दाले ड्याम्मै छेकेछ। भुसुक्कै बिर्सिएछु। आमाको फोन आयो। सबै कुरा बताएँ। आमाको सुँक्कसुँक्क आवाज सुनेँ। बोल्न सक्नुभएन।

कति सपना बोकेर विदेश हानिएको थिएँ, ठीक उल्टो भइदियो। काममा लागेपछि थाहा भयो म्यानपावरको सम्झौतापत्रमा भने अनुसारको काम रहेनछ, साह्रै गाह्रो काम। तलब पनि भनेभन्दा धेरै कम। त्यही माथि घरको यादले सताउँदा सुरुका दिन निकै कष्टकर बने। पछि विस्तारै बानी पर्न थालेँ।

माइती देशको कुकुर नि प्यारो भनेजस्तै त्यो विदेशी सहरको कोलाहलमा एक दुई नेपाली शब्दको छनक पाउँदा अलौकिक आनन्द महसुस हुन्थ्यो। त्यहाँ गएको तीन महिना पनि बित्न नपाउँदै 'यहाँ त साह्रै आपत पर्‍यो जति सक्दो छिटो घर आउनू' भनी श्रीमतीले फोन गरी।

गोडा तिनेक वर्षपछि साहुको ऋण तिरिसकेर मात्र घर फर्कौंला भनी बुनेको सपनाको एउटा पयो चुँडिनाले आशाहरू पानी पानी भए। आफैंलाई सम्हाल्न गाह्रो भयो। मलाई लाग्यो ठूलो सपना देखेर मात्र के गर्नु जबकि विपनाको हैसियतले सपनाको आकार निर्धारण गर्छ भने।

घर आएँ। श्रीमतीले घटनाको बेलिबिस्तार लगाई- 

भर्खरै मात्रै स्वास्नी खसेकी वीरेको होसको ठेगान थिएन। जहान मरेको पीडा भुलाउन भन्दै गाउँका भट्टी चहार्दै दिन बित्थ्यो उसको। छोरो तन्नेरी, घरमा बुहारी भित्र्याउने बेला भाको मान्छे। बढेकी छोरी, गाउँलेका गिद्धे नजर छोरीमाथि थियो। वीरेलाई घरको भन्दा भट्टीको चिन्ता। उसको यो हर्कत बढ्दै जान थाल्यो। वीरे पागल जस्तै भाथ्यो। जसलाई देखे पनि आफ्नै स्वास्नी ठानेर उजेली भनी बोलाउँथ्यो।

एकदिन मध्यरातमा नसाको तालमा हाम्रो घरमा आयो। ढोका ढक्ढकायो। आमाले ढोका खोल्नुभयो। ऊ सरासर भित्र पस्यो। मध्यरातमा आफ्नो कोठामा लोग्ने मान्छे जबरजस्ती पसेपछि आमा डरले काम्न थाल्नुभयो। उता पल्लो कोठामा देवर बाबु, नानी र म थियौं। ढोका ढकढकाएको सुनेपछि म उठेँ। बाबुनानी डरले चिच्याउन थाल्नुयो। एकल महिला, दुइजना साना साना बच्चा। के गरुँ भयो। आमा चुपचाप बस्नुभयो।

आमालाई लागेको थियो वीरे रक्सीको तालमा आएको, हो एकछिन पछि जाला। तर ऊ गएन। रक्सीको तालमा तथानाम बोल्न थाल्यो। हाम्रो घरको हल्ला सुनेर त्यतिबेला वरपरका मान्छे हुल बाँधेर आइसकेका थिए। म पनि बाबुनानीलाई लिएर कोठाबाट निस्किएँ। आमाको कोठामा गएँ। वीरेले आमाको हात समातेर बसेको थियो। भेला भएका मान्छे केही नबोली त्यहाँबाट हिडे। 

भोलिपल्ट गाउँमा जता गयो यही कुरा। पँधेरा जाँदा पगाइँगुइँ सुन्नुपर्ने- छ्या गाउँघराँ नि के के हुन थाल्या हो कुन्नि, अँ के सुन्दा नि आङै सिरिंग हुनि! यिनीहरूको लसपस त उहिलै मलाई नि थाहा थ्यो। के बोल्नी हो र भनेर चुप लार बसेकी हुम् म त्यतिबेला। तलाईं मत्रै भनेकी हुम् कुरा अन्त नजाओस् नि फेरि!'

गाउँभरी हल्ला पिटियो। कचहरी बस्यो। सबैजना आमामाथि खनिए। मैले आफ्नो कुरा राख्ने कोशिस गरेँ। कसैले सुने पो!

'यस्तो कुकृत्य गर्नेलाई त जति ठूलो सजाय दिएँ भनेनि कमै हुन्छ, यहाँ गल्ती आइमाइकै हो नि,' सुनी नसक्नु थियो। आमाले एक्लो महसुस गर्नुभाथ्यो त्यतिबेला। हजुरलाई कति सम्झनुभयो। आफ्नो पक्षबाट बोलिदिने कोही नभएपछि आमाले हार मान्नुभयो। अन्तिममा कचहरीले गरेको फैसलालाई मान्न कर लाग्यो। आमा लुरु लुरु वीरेको पछि लाग्नुभयो।'

गाउँलेले मेरो परिवारमाथि गरेको घिनलाग्दो राजनीतिका कारण म विक्षिप्त भएँ। कहाँ जाऊँ, कसलाई गुहारूँ। त्यस्तो महँगो न्याय किन्न सक्ने हैसियत थिएन मसँग। आमाका लागि चाहेर पनि मैले केही गर्न सकिन। मनमनै आमासँग क्षमायाचना गर्नुबाहेक हुति थिएन। 

अब विदेश जाऊँ पनि कसरी? दुःखजिलो गरेरै भए पनि भाइबहिनीलाई पढाउँछु भनी हिम्मत जुटाएँ। बन्धकी दिएको खेत राजीनामा गरेर बेचिदिएँ। साहुलाई ऋण तिरेर बाँकी रहेको पैसाले बाख्रा किनेँ।

बाख्रापालन मलाई फाप्दै जान थाल्यो। भाइबहिनीले एसएलसी पास गरे। पढ्न भनेर सहर पसे। भाइ क्याम्पसको नेता पनि थियो। बहिनीले कलेज पढ्न भर्खरै सुरू गरेकी थिई। राम्रो घरबाट माग्न आए, बिहे गरिदिएँ। सुरूमा हामीलाई दाइजो चाहिँदैन, सालको पातमा गोडा धोएर दिए हुन्छ भनेका तिनैले पछि अरु मान्छे लगाएर दाइजो मागे। तैपनि जसो तसो बिहे उम्काएँ।

बहिनीको बिहे भएको आज दस वर्ष भइसक्यो। तीजका बेला बहिनीलाई लिन जानुपर्‍यो भनी घरबाट निस्केँ।

'बुवाआमा नभएपछि के माइत जाने हो र दाइ, यस्तो रमाइलो चाड नै खल्लो बनाउन। भो छाड्दिनुस्। म जान्नँ' बहिनीले यस्तो भनेपछि मेरो मन कुँडियो। म फर्किएँ। भाइको घर पनि बहिनीको घरनजिकै पर्छ। भाइ पनि घरजम गरेर सहरमा बसेको छ। क्याम्पस छँदा विद्यार्थी नेता थियो, अहिले प्रतिनिधि सभाको सांसद भएको छ रे भन्ने सुनेको थिएँ। भेट नभएको पनि धेरै वर्ष भएको थियो। 

भाइको घरको गेटबाट भित्र छिर्नासाथ मान्छेको गाँइगुइँ सुनेँ। उसलाई भेट्नलाई मान्छे पालो कुर्दै रहेछन्। त्यहाँ बसेकोमध्ये एउटा मान्छे निराशभावमा भन्दै थियो 'यी नेताहरू यस्तै हुन्। एउटा सानो काम लिएर आको कति दिन भैसक्यो त्यसै अल्मलाइराछन्। चुनाव बेलाँ भा खुट्टैमा ढोगौंला जस्तो गर्थे अहिले वास्तै छैन।'

भीड छिचोलेर म भित्र गएँ। ढोकामा गेटपालेले रोक्यो।

'ओ दाइ कहाँ जान लाग्नुभा?'

'म भित्र जान लागेको भाइलाई भेट्न। मेरो आफ्नै भाइ हो के,' गर्वले छाती फुलाउँदै कोल्टे परेको टाउकाको टोपी मिलाएँ।

'ठूलो मान्छे बन्न पर्छ कस्ता कस्ता आउँछन् नाता लगाउन नि,' उसले मेरो शिरदेखि पाउसम्म हेरेर नाक खुम्च्याउँदै भन्यो।

'पख्नुस एकछिन भित्र सर बिजी हुनुहुन्छ म सोधेर आउँछु,' गेटपाले भित्र गयो।

'सर ! हजुरको दाइ आउनुभएको छ। भित्र पठाइदिउँ?'

'को हो र?' 'गाउँबाट आएको रे ! हजुरको दाइ भन्दै हुनुहुन्थ्यो।'

'हुन्छ पठाइदेऊ।'

म भित्र गएँ। भाइलाई देख्नासाथ मेरो शरीर चंगा जस्तै भयो। अहिलेसम्म अँतिलो भएर बसेका मनका पीडाहरु छु मन्तर भए। भाइलाई देखेर म मुसुक्क हाँसे। तर साथीसँग गफिँदै मुखामुख गरेर बसिरहेको मेरो भाइ गाह्रो मानीमानी मुस्कुरायो।

भाइले मलाई शिरदेखि पाउसम्म हेर्‍यो। सायद मेरो पहिरनदेखि ऊ सन्तुष्ट थिएन कि?

'त्यहाँ बस्नुस्,' सिट देखाउँदै भन्यो।

धेरै बेरसम्म म त्यहीँ बसिरहेँ। उनीहरु कुरा गर्दै थिए। म उनीहरूलाई डिस्टर्ब होला जस्तो ठानी त्यहाँबाट निस्किएँ। बाहिरपट्टि ढोकैका आडमा भाइलाई कुरेर बसिरहेँ।

'तपाईंको दाइ हैन र, उहाँ त बाहिर निस्कनुभयो। तपाईंलाई मेरो भाइ हो भन्दै हुनुहुन्थ्यो। किन नबोल्नु भा त नि' उसको साथीले आफ्नो कुरा सक्न नपाउँदै प्रत्युत्तरमा भाइले भन्यो 'हैन मेरो गाउले दाइ हो।'

तिखो सुलजस्तो त्यो आवाज मेरो छातीमा बिझ्यो। त्यहाँ बस्न पटक्कै मन लागेन। निस्किएँ।

अरुको सामुन्ने मलाई दाइ भन्न मेरो भाइ लजायो। आफ्नो सर्वस्व ठानेर हुर्काएँ, बढाएँ, पढाएँ। दुनियाँ चिन्ने बनाएँ। तर आज आएर यिनीहरुले मलाई चिनेनन्।

बाआमाको भूमिका निर्वाह गरेँ, अभिभावक बनेँ जस्तो लागेको थियो मलाई, तर गलत रहेछु। एउटा सामान्य दाइ समेत बन्न सकेको रहेनछु।
...

गोठको काम सकेर कोठाभित्र पसेँ। बहिनी खाटमा बसेर खै कुन्नि के पढिरहेकी थिई। आँखामा आँसु देखेँ।

'के पढेर बसेकी?' मेरो यो आवाजले झसङ्ग भई।

उसको हातमा मेरो डायरी थियो। 

(लेखक प्रकाश कुमार सिग्देल श्री बालसिद्ध मा.वि. केवरे भञ्ज्याङ, स्याङ्जामा शिक्षक छन्।)

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १२:१८
सिफारिस
१४ वटा पाँचतारे होटलमा काम गरिसके, बनाउँदैछन् जुजु–धौ केक
१४ वटा पाँचतारे होटलमा काम गरिसके, बनाउँदैछन् जुजु–धौ केक
बैंकिङ क्षेत्रको मुहान क्षतिग्रस्त छ, बचाउन सक्छ मौद्रिक नीतिले
बैंकिङ क्षेत्रको मुहान क्षतिग्रस्त छ, बचाउन सक्छ मौद्रिक नीतिले
यहाँको बट्टारदेखि त्यहाँको उलानबटारसम्म
यहाँको बट्टारदेखि त्यहाँको उलानबटारसम्म
किन लेखिनुपर्छ पुराना कथा नयाँ शैलीमा?
किन लेखिनुपर्छ पुराना कथा नयाँ शैलीमा?
तीन गुरूहरू कृष्णमूर्ति, ओशो र आचार्य प्रशान्तलाई सुनेपछि...
तीन गुरूहरू कृष्णमूर्ति, ओशो र आचार्य प्रशान्तलाई सुनेपछि...
ललितपुरमा देखिने बौद्ध चारधाम यात्राको झलक
ललितपुरमा देखिने बौद्ध चारधाम यात्राको झलक
महानगरमा हुर्किरहेको प्रेम, धोका र सपनाको कथा, हेर्नुस् युट्युबमा
महानगरमा हुर्किरहेको प्रेम, धोका र सपनाको कथा, हेर्नुस् युट्युबमा
इसराइलबाट फर्केका मेयर कोइरालाले भने– भगवान् कसम, अब मरियो भन्ने लागेको थियो!
इसराइलबाट फर्केका मेयर कोइरालाले भने– भगवान् कसम, अब मरियो भन्ने लागेको थियो!
सिंहदरबारमा तीन दलका शीर्ष नेताको बैठक
सिंहदरबारमा तीन दलका शीर्ष नेताको बैठक
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

आफैभित्रको आफ्नो!
प्रेम प्रस्ताव राख्दा पहिलेको सम्बन्ध पो बिग्रने हो कि!
श्रीमानलाई पूरै सन्चो हुने भए म चौबिसै घन्टा हाँसिदिन्थेँ!
अधुरो सम्बन्ध!
फेरि पैसा दिन्नँ भनेको चाहिँ हैन है!
आमाको अन्तिम भाव!

विचार

गोकर्णप्रसाद उपाध्याय
यहाँको बट्टारदेखि त्यहाँको उलानबटारसम्म गोकर्णप्रसाद उपाध्याय
जीवन क्षेत्री
तीन गुरूहरू कृष्णमूर्ति, ओशो र आचार्य प्रशान्तलाई सुनेपछि... जीवन क्षेत्री
डा. नूतनधर शर्मा
ललितपुरमा देखिने बौद्ध चारधाम यात्राको झलक डा. नूतनधर शर्मा
पुष्प शर्मा
चामलको आयात बढ्नुमा पनि लोकतन्त्रलाई दोष? पुष्प शर्मा

ब्लग

गिरीश ठगुन्ना
पढ्ने भनेको पुस्तक मात्र हो, पढाउने भनेको शिक्षकले मात्र हो! गिरीश ठगुन्ना
दीपशिखा अर्याल
सबै जना अट्ने समिना दिदीको एक कोठे घर! दीपशिखा अर्याल
अशोकराज पाण्डे
यसरी बनाउन सकिन्छ नेपाललाई एसियाको स्टार्टअप हब अशोकराज पाण्डे
राजकुमार परियार
खाद्य सामाजिक जिम्मेवारी: सजिलो तर असरदार परिवर्तन, हामी सबैले गर्न सक्छौं राजकुमार परियार

साहित्यपाटी

आरबी हिमाली
आफैभित्रको आफ्नो! आरबी हिमाली
चन्द्र भण्डारी
प्रेम प्रस्ताव राख्दा पहिलेको सम्बन्ध पो बिग्रने हो कि! चन्द्र भण्डारी
राजन रुचाल
श्रीमानलाई पूरै सन्चो हुने भए म चौबिसै घन्टा हाँसिदिन्थेँ! राजन रुचाल
सुदिक्षा श्रेष्ठ
अधुरो सम्बन्ध! सुदिक्षा श्रेष्ठ

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP