Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, कात्तिक १७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

विनिमय

रोहेज खतिवडा

उसको मर्द

धेरै पहिले गएको थियो मुग्लान

फर्किएर आएन,

उसले एक्लै हुर्काएकी हो

मुटुका टुक्राजस्ता चारभाइ छोरा।

 

काँधमा भरुवा बन्दुक भिरेर

जेठो छोरो गएको थियो

जनयुद्ध लड्न

फर्किएर आएन,

रेडियोले भन्यो-

उसको छोराले लोकतन्त्र ल्याएको छ।

लोकतन्त्र उसको घरसम्म आइपुगेकै थिएन।

 

उसको माइलो छोरो

जनआन्दोलनको अग्रमोर्चामा उभिएको थियो

छातीको देब्रे भागमा खाल्टो खन्यो

सेनाले चलाएको बन्दुकको गोलीले,

आफन्तले खबर गरे-

उसको छोराले गणतन्त्र ल्याएको छ।

 

गणतन्त्रले उसको छाप्रोलाई छोएको थिएन।

 

मधेश आन्दोलनमा गएको थियो

साइँलो छोरो

बिहान आमाको गोडा ढोगेर हिँडेको छोराको निधार

दिउँसो तातो गोलीले छेडेर गयो

र, चिसो भयो शरीर

चिसो भयो आमाको मन,

छिमेकीले भने-

उसको छोराले संघीयता ल्याएको छ।

 

संघीयताको अर्थ उसको समझमा आएकै थिएन।

 

चित्त नुबझेपछि संविधान

फेरि भयो मधेशमा आन्दोलन

गयो कान्छो छोरो

जो थियो,

बुढेसकालको साहारा

समाउने हात र टेक्ने लौरो

ताकेरै चलायो कि पुलिसले गोली?

पछ्याएछ उसले पनि दाजुहरुकै बाटो,

नेताले भन्यो-

छोटु पनि सहिद भयो।

 

सहिद भएर के हुन्छ?

उसले थाहा पाएकै थिइन।

 

चुहिएको छानो

उमेरले हरेको शक्ति

रोगले जिर्ण शरिर

जवानीमै परदेशीएको लोग्नेको आलो सम्झना

चारभाइ छोराको झ-झल्को

खोपिल्टाभित्र पसेका आँखाबाट अनवरत बग्ने नदी

आज उसको हातमा छ,

एकथान मतपत्र

अर्थात् लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान।

 

'किन एउटै छ चुनाव चिन्ह यो मतपत्रभरि?'
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  १२:०१
सिफारिस
भारतले पहिलोपटक जित्यो आइसिसी महिला विश्वकप
भारतले पहिलोपटक जित्यो आइसिसी महिला विश्वकप
मौसमविद् भन्छन्– बिहीबारपछि घमाइलो मौसम
मौसमविद् भन्छन्– बिहीबारपछि घमाइलो मौसम
सरकार र राजनीतिक दलसँग त्रिपक्षीय छलफल गर्ने १४ जेन–जीको पृष्ठभूमि
सरकार र राजनीतिक दलसँग त्रिपक्षीय छलफल गर्ने १४ जेन–जीको पृष्ठभूमि
कांग्रेसमा मिलेन कुरा, 'वान टू वान' छलफलमा खड्का
कांग्रेसमा मिलेन कुरा, 'वान टू वान' छलफलमा खड्का
प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूको बैठक सुरू
प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूको बैठक सुरू
तीन दिनपछि उघ्रिएको काठमाडौं (तस्बिरहरू)
तीन दिनपछि उघ्रिएको काठमाडौं (तस्बिरहरू)
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
कार्यवाहक सभापतिज्यू– देउवा वा '६ भाइ' होइन, समयको चाल सुन्नुहोस् अमित ढकाल
चेतनाथ आचार्य
ल्हासाको नाटकमा छुटेकी भृकुटी चेतनाथ आचार्य
विजयमणि पौडेल
कति अरूलाई मात्र गाली गर्ने? विजयमणि पौडेल
अमित ढकाल
स्वर्णिम वाग्लेसँग बहस– प्रदेशसभा किन खारेज गर्ने? किन चाहियो प्रत्यक्ष निर्वाचित कार्यकारी? अमित ढकाल

ब्लग

पुरुषोत्तम पौड्याल
कृपया मेरो आमालाई नसुनाइदिनु होला! पुरुषोत्तम पौड्याल
गौतम श्रेष्ठ
लटारम्मेश्वरमा 'काले' हाम्रो गाइड! गौतम श्रेष्ठ
अनिता कोइराला
४० रुपैयाँ तिरेर गाम्नागेको गाडी चढ्दा! अनिता कोइराला
रामचन्द्र पोख्रेल
श्रीयानी फ्रम लंका! रामचन्द्र पोख्रेल

साहित्यपाटी

गणेशप्रसाद भट्टराई
फुटेको खुत्रुके! गणेशप्रसाद भट्टराई
ब्लुभिजन सुवेदी
एक्स्ट्रा म्यारिटल अफेयर! ब्लुभिजन सुवेदी
सोझो गाउँले
कुनै दिन मैले मुक्ति पाउने छु सोझो गाउँले
रामचन्द्र अधिकारी
म जस्तो फकिरसँग किन बिहे गर्न मरिहत्ते! रामचन्द्र अधिकारी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP