काठमाडौं उपत्यका तीन दिनपछि उघ्रिएको छ।
बंगालको खाडीमा विकसित भएर नेपाल भित्रिएको मोन्था चक्रवातको प्रभावका कारण कात्तिक १३ देखि शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षा भएको थियो।
शनिबार साँझदेखि भने मोन्थाको प्रभाव कमजोर भई अधिकांश भूभागमा वर्षा रोकिएको थियो।
आइतबार बिहानीपख काठमाडौंको आकाशमा बादल देखिए पनि दिउँसो हल्का घाम लागेको छ।
मौसम उघ्रिएरपछि काठमाडौंको वातावरण हल्का घमाइलो बनेको छ।
हेर्नुस् तस्बिरहरूः
-ink-1762074783.jpeg)
-ink-1762074782.jpeg)
-ink-1762074782.jpeg)
-ink-1762074780.jpeg)
-ink-1762074781.jpeg)
-ink-1762074779.jpeg)
-ink-1762074779.jpeg)
-ink-1762074780.jpeg)
-ink-1762074780.jpeg)
-ink-1762074780.jpeg)
-ink-1762074781.jpeg)
बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ लगायत पश्चिमी वायुका प्रभावका कारण कात्तिक १३,१४ र १५ गते काठमाण्डौ उपत्यका सहित देशभरी वर्षा भयो । आज आइतबार भने मोन्था चक्रवात लगायत मौसमी प्रणालीको प्रभाव कम भएसँगै मौसम केही सफा भएको छ । ड्रोनबाट खिचिएको काठमाडौं उपत्यका ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।