मैले दुई साताअघि भाटभटेनी सुपर मार्केटमै एक जोर जुत्ता किनेँ। जुत्ता किनेको २ दिनमै फित्ता चुट्यो। एक हजार रुपैयाँमा किनेको जुत्ताको फित्ता चुटेपछि मलाई बीच बाटोमै समस्या पर्यो।
सडकको पेटीमै जुत्ता सिलाउने बसेको रैछ र उसकोमै सिलाएर घरसम्म पुगेँ। ‘भाटभटेनीमा गुणस्तरीय सामान पाइन्छ’ भन्छन् तर मैले किनेको जुत्ता गुणस्तरहीन पो भयो। यदी भाटभटेनी सुपरमार्केटमा समेत गुणस्तरीय सामान पाइन्छ भनेर ढुक्क हुने अवस्था रैनछ।