एनआईसी एसिया बैंकको नयाँ शाखा कालिकोटको खडाचक्र नगरपालिका मान्मामा संचालनमा आएको छ।
एक समारोहका बिच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग वाणिज्य संघका अध्यक्षसुर्य बहादुर शाहीले संयुक्त रुपमा समुद्घाटन गरे।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।