स्मार्टफोन कम्पनी सामसुङले नयाँ फोन ‘ग्यालेक्सी अन म्याक्स’ सार्वजनिक गरेको छ। फोन ५.७ इन्च फुल एचडी डिस्प्लेसहित एन्ड्रोइड ७.० नोगाट भर्सनमा उपलब्ध छ।
४ जीबी र्यामसँगै ३२ जीबीको इन्टरनल मेमोरी रहेको यस फोनमा १.६९ गिगाहर्ज क्वाडकोर प्रोसेसर छ। त्यस्तै फोनमा १३ मेगापिक्सेलको रियर तथा १३ मेगापिक्सेलकै फ्रन्ट क्यामेरा छ।
३३०० एमएएच ब्याट्री भएको यस फोनको मूल्य भारतीय बजारमा १९ हजार ९ सय रुपैया निर्धारण गरिएको छ भने यो फोन नेपाली बजारमा आइसकेको छैन।