चिनियाँ मोबाइल उत्पादक कम्पनी ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई अब सीमित बनाउने भएको छ।
कम्पनीका अनुसार एफथ्री ब्ल्याकलाई लिमिटेड एडिशनका रुपमा लैजानेगरी अब उपरान्त फोनको उत्पादन बन्द गरिनेछ। फोनको उपलब्धता स्टक रहुन्जेल मात्र ग्राहकले पाउने भएका छन्।
यद्यपी गोल्ड कलरमासार्वजनिक गरिएको ओप्पो एफथ्रीलाई उपभोक्ताको माग अनुरुप कम्पनीले कालो रंगमा प्रस्तुत गर्न लागिएको बताएको छ।
डुअल सेल्फी क्यामेरा सहितको ओप्पो एफथ्रीमा १/३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगापिक्सेल क्षमता भएको रियर क्यामेरा जडान गरिएको छ। अल्ट्रा वाइड एगंलसहित ८ मेगापिक्सेल र १६ मेगािपक्सेल गरी दुई सेल्फी क्यामेरा छन्।
कलर ओएस ३.० अपपरेटिङ सिस्टम ओक्टाकोर प्रोशेसर भएको यस फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोमको समावेश छ।
फोनमा एकै पटक दूई ओटा सिम र १ माइक्रो एसडी कार्डको प्रयोग गर्न मिल्ने गरी ट्रिपल स्लोट ट्रेको समावेश गरिएको छ। ३ हजार २ सय एमएएच क्षमताको व्याट्री भएको एफथ्री ब्ल्याक एडिशनको मूल्य ३२ हजार ९ सय ९० मूल्य निर्घारण गरिएको छ।
ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले एफथ्री ब्ल्याक एडिशनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत प्रतिक्रियाले आफूहरुलाई निकै उत्साहित तुल्याएको बताए। उनले भने ‘ब्राण्डप्रति उपभोक्ताले गरेको सहयोगका लागि हामी कृतज्ञता व्यक्त गर्दै ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा लाने घोषणा गर्छौँ।’