एसिया प्यासिफिक प्रतियोगिताको पहिलो चरणको विजेतामा स्टान्डर्ड चार्टड बैंक नेपाल पनि पर्न सफल भएको छ। न्यूयोर्कमा आज ग्लोबल फाइनान्सले घोषणा गरेको अवार्डमा स्टान्डर्डले ‘वर्ल्ड बेस्ट कन्जुमर डिजिटल बैंक’को उपाधी पाएको हो।
विश्वको अग्रणी परामर्श, प्रविधि र आउटसोर्सिङ्ग कम्पनी इन्फोसिजको उच्चस्तरीय निर्णयक मण्डलले विजेताहरु छनौट गरेको हो। ग्लोबल फाइनान्स इडिजटर्स पहिलो चरणको अन्तिम नतिजाको लागि जिम्मेवार थिए।
डिजिटल प्रविधिमार्फत ग्राहकलाई आकर्षित गरी सेवा दिन सक्ने रणनीति, डिजिटल अफरिङ्गहरु प्रयोग गराउनमा सफलता, डिजिटल ग्राहकहरुको वृद्घि, प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त लाभको प्रमाण र वेब÷मोबाइल साइट डिजाइन तथा कार्यक्षमताको आधारमा स्टान्डर्डसहितका विश्वका अरु बैंकहरु चुनिएका हुन्। स्टान्डर्डको यो अवार्ड तेस्रो हो।