मैले १ महिना अगाडि पुतली सडकको एउटा फेन्सी पसलबाट लेदरको ब्याग किनेको थिएँ।
त्यसमा प्राइस ट्याग ३ हजार लेखेको थियो। त्यसलाई मैले डिस्काउन्ट गरेर २२ सयमा किनेँ। त्यसको केही दिनपछि फेसबुकमा अनलाइन सपिङले त्यही ब्यागको बिज्ञापन गरेको देखेँ।
त्यहाँ त्यो ब्यागको मूल्य जम्मा १८ सय लेखेको थियो। मलाई सोझै ४ सय घाटा लाग्यो। त्यसपछि मैले फेन्सी पसल भन्दा अनलाइन सपिङमा विस्वास गर्न थाले।