काउसो दलेर लुटपाट मच्चाउन खोज्ने दुई भारतीय बाबु-छोरालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार अपराह्न ४ बजे काउसो दलेर विर्तामोडमा लुटपाट मच्चाउन खोजेपछि भारतीय नागरिक अनिल ग्वाला र उनका छोरा तुषार ग्वालालाई तत्कालै पक्राउ गरेको हो।
झापा प्रहरीका अनुसार बंगाल घर बताउने दुईले विर्तामोडमा अर्जुनधारा नगरपालिका-६ का बमबहादुर तामाङलाई काउसो दलेका थिए।
छोरीलाई उपचार गराउन मनमोहन अस्पताल आएका तामाङले झोलामा राखेको पचास हजार रुपैयाँ लुट्ने योजना बनाएर काउसो दलिएको प्रहरीको भनाइ छ। उनीहरूले कागजमा पोको पारेर राखेको चार पोका काउसो बरामद भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।