हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा पुस १८ देखि पुस २४ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको वायु प्रदुषण भएपछि खुलेको कीर्तिपुरको दृष्य। पृष्ठभूमिमा मनास्लु हिमाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी

काठमाडौंको टोखामा चिसो बढेसँगै न्यानो लुगा लगाएर राखिएको घरमा पालेको कुकुर। तस्बिरः नारायण महर्जन/सेतोपाटी

पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारको सडक किनारमा बालेको आगो नजिकै निदाएका कुकुरहरू। बिहान लाग्ने बाक्लो हुस्सुका कारण तराई क्षेत्रमा चिसो बढेको छ। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

काठमाडौं उपत्यकामा जाडो बढेपछि ऊनीको सल ओढेर बसिरहेकी एक महिला। तस्बिरः नारायण महर्जन/सेतोपाटी

फुर्सदको समयमा इलामको महमाइ जंगलबाट साइकल मा दाउरा लिएर आउँदै गरेका झापाका दुई किसान। तस्बिरः विनोद सापकोटा/सेतोपाटी

चितवनको खरखुट्टेमा आलु खन्दै स्थानीय। बिगतमा गहुँ, मुसुरो, तोरी लगाउँदा आफूलाई खान ठिक्क हुने गरेकामा अहिले ती बाली छाडेर आलु खेती गर्न थालेपछि यहाँका बासिन्दाले आर्थिक लाभ लिन थालेका छन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी

रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको गजेडी तालमा ब्याट्रीबाट चल्ने डुंगामा सयर गर्दै आन्तरिक पर्यटकहरू। कोरोना महामारीका कारण लामो समय बन्द रहेका पर्यटकीय स्थल मंसिरलागेसँगै खुल्ला गरिएका छन्। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेर भएको वायु प्रदुषण। तस्बिरः नारायण महर्जन/सेतोपाटी

सोमबार वायु प्रदूषण विश्वमै नम्बर एकमा पुगेपछि काठमाडौं उपत्यकाको दृश्य। तस्बिरः निशा भण्डारी/सेतोपाटी

प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थीले बुधबार काठमाडौंमा दिउँसै लालटिन बालेर गरेको प्रदर्शन। तस्बिरः नारायण महर्जन/सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयविरूद्ध विवेकशील पार्टीद्वारा शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा आयोजित ऐनासहितको प्रदर्शन। तस्बिरः निशा भण्डारी/सेतोपाटी

पश्चिम नवलपरासीको परासीस्थित एक उद्योगमा निर्माण भइरहेको स्टिल स्ट्रक्चरमा वेल्डिङ गर्दै मजदुर। आरसिसी संरचनाभन्दा कम लागतमा छिटो निर्माण हुने भएपछि स्टिल स्ट्रक्चरका संरचना निर्माण गर्ने क्रम बढेको छ। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

भक्तपुरको दरवार स्क्वायर परिसर नजिकको मन्दिरमा जुत्ता खोलेर मूर्तिमा ढोग्दै एक वृद्ध। तस्बिरः नारायण महर्जन/सेतोपाटी

रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको गजेडी ताल परिसरमा रहेको जंगलमा ढलेको रुखलाई पिङ बनाएर खेल्दै बालबालिकाहरू। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

आउँदो माघे संक्रान्तिका लागि काठमाडौंको टोखामा चाकु बनाउँदै एक मजदुर। कोरोना महामारीबीच पनि यसपालि काठमाडौंमा चाकुको माग बढेको उत्पादकहरू बताउँछन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी

काठमाडौंमा बन्दै गरेको धरहरामा काम गर्दै कामदारहरू। पृष्ठभूमिमा दोर्जे लाक्पा हिमाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी