मास्क नलगाउनेहरूलाई राख्न प्रहरीले काठमाडौंका सडकमा ‘होल्डिङ जोन’ बनाएको छ।
कीर्तिपुरमा मात्रै १५ ठाउँमा यस्ता ठाउँ बनाइएका छन्।
![](https://www.setopati.com/uploads/editor/hello/congress/177719553_456059505452632_5519625222383769409_n.jpg)
नयाँ बजार, पाँगा दोबाटो, नगाउँलगायत ठाउँमा होल्डिङ जोन बनाइएको हो।
समुदायक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र कीर्तिपुरले मास्क नललाई हिँड्नेलाई कारवाही गर्न होल्डिङ जोन बनाएको हो।
मास्क नलगाई हिँड्नेलाई उक्त होल्डिङ जोनमा १५ मिनेटसम्म उभ्याइन्छ। होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ गरेर प्रहरीले छाड्ने गरेको छ।
काठमाडौंमा पनि पछिल्लो समय कोरोना संक्रमित बढेका छन्। आइतबार काठमाडौंमा मात्रै एक हजार एक सय जनामा कोरोना देखिएको थियो।
![](https://www.setopati.com/uploads/editor/hello/congress/178705345_3924709997609785_879582819174774106_n.jpg)
भिडभाड कम गर्न काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरू पनि अत्यावश्यक कामबाहेक बन्द गरिएका छन्।
![](https://www.setopati.com/uploads/editor/hello/congress/177030031_1107673103075187_2325186885264556749_n.jpg)
![](https://www.setopati.com/uploads/editor/hello/congress/178415987_3690421741066189_3771168717155452944_n.jpg)
![](https://www.setopati.com/uploads/editor/hello/congress/177829395_3952018561555782_839354793768993864_n.jpg)