कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन्।
असार १५ गते बुधबार गोकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१९ का ११ वर्षीय निखिल विक शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा भेटिएका छन्।
घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।