सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले साउन २१ देखि साउन २७ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।
काठमाडौंको बालाजु बाइपासमा रहेको एउटा जुत्ता कारखानामा आगलागी भएपछि निभाउन प्रयासमा नेपाली सेनाका जवानहरू। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
गत बुधबारको वर्षापश्चात आएको बढीले क्षतिग्रस्त एउटा घर। काठमाडौंको काँडाघारी क्षेत्रका खोला किनारका बस्तीमा बाढी पसेपछि केही घर र स्थानीय प्रहरी चौकीमा समेत क्षति भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बोलबमको अवसरमा सोमबार सुन्दरीजलस्थित बागमती नदी किनारमा प्रार्थना गर्दै एक श्रद्धालु। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
कुलोले बगाएर लगेको फोहोर सोहोर्दै रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मक्रहरका बाबुलाल विश्वकर्मा। बुटवलको पुल्चोक कन्येढुंगा हुँदै सिँचाईको लागि लगिएका सोह्र छत्तिस मौजा सिँचाइको नहरमा फालिएका प्लाष्टिकजन्य फोहोरबाट तिलोत्तमाका किसानले सास्ती भोग्दै आएका छन्। तस्बिर: भगवती पाण्डे /सेतोपाटी
काठमाडौैको बसन्तपुरमा शुक्रबार गाईजात्राको अवसरमा ताप्लेजुङ्गका नेवार समुदायले निकालेको लाखे र दिवङ्गत आफन्तको तस्वीर सहितको प्रतिमा। नेवार समुदायले वर्षभरि दिवङ्गत आफन्तहरूको नाममा फोटो सहितको प्रतिमा निकालेर सहर परिक्रमा गराउँछन्। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
जनै पूर्णिमाको अवसरमा बागमती नदी किनारमा आफ्नो जनै फेरेपछि पूजा (प्रार्थना) गर्दै एक जना ब्राम्हण। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
विश्व आदिवासी दिवशको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा आफ्नो मौलिक पहिरनमा सजिँदै गरेकी एक युवती। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गाईजात्राको अवसरमा काठमाडौंको बौद्धमा आयोजना गरेको 'फोटो बुथ तथा क्विन' कार्यक्रममा तस्बिर खिचाउँदै युवाहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको माइतीघरमा आफ्नो लालपुर्जा देखाउँदै एक मिटरब्याज पीडित महिला। नवलपरासीका मिटरब्याज पीडितहरू अहिले काठमाडौंमा आन्दोलनरत छन्। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी