सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले भदौ १२ देखि भदौ १८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।
कुशे औंसीको दिन गोकर्णेश्वर मन्दिर परिसरमा बत्ती बालेर प्रार्थना गर्दै एक युवती। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको कालिमाटी र टेकु जोड्ने विष्णुमती नदीमाथि रहेको दुई पुल। जहाँ एउटा पुरानो पुलमा सवारी चाप बढिरहेको छ भने नयाँ पुल प्रयोगवविहीन छ। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको टेकुबाट देखिएको घना बस्ती। तस्बिर : नवीनबाबु गुरूङ / सेतोपाटी
सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा डायलासिस गराउन आएका मिर्गौलाका बिरामी आफ्नो पालो कुर्दै। तस्बिर: सविता बुढा /सेतोपाटी
इन्द्रजात्राका लागि रूख काट्न वन यात्रामा हिँडेका मानन्धर गुठीका मानिसहरूलाई टीका लगाएर बिदाइ गर्दै हनुमानढोका दरबार परिसरका पण्डित। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पपश्चात काठहरूको टेको लगाएर राखिएको एउटा घर। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
कैलालीको लम्कीचुहा नगरपालिका–९ सोनपुरका महिलाहरू पथरिया नदीमा माछा मार्दै। तस्वीर : सविता बुढा /सेतोपाटी
निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारी दर्ता गर्न आएका दलहरू। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
ऋषि पञ्चमीको अवसरमा बागमती नदी किनारमा पूजापाठपछि सेल्फी लिँदै महिलाहरू। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गर्दै क्रिकेटरहरू। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी