सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले भदौ १९ देखि भदौ २४ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।
इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीलाई रथमा राखेर बसन्तपुर दरबार परिक्रमा गराउने क्रममा। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी
कैलालीको भजनी नगरपालिकामा रहेको कान्द्रा नदीमा पुल नहुँदा बर्खायाममा डुंगामार्फत् आवतजावत गर्नेहरू। यो ठाउँमा बर्खायाममा डुंगा त हिउँदमा काठेपुलको सहारामा स्थानीयहरूले नदी वारपार गर्ने गर्छन्। तस्वीर: सविता बुढा /सेतोपाटी
धनगढी–उपमहानगरपालिका–१९ को मोहना नदीपारि रहेको लग्गाभग्गा बस्तीमा आफैंले बनाएको काठको एक पाङ्ग्रे गाडीसँग रमाएर खेल्दै गरेका तीन बालबालिका। तस्वीर : सविता बुढा /सेतोपाटी
काठमाडौंको गोंगबु नयाँबसपार्कस्थित मित्रनगरमा रहेको अनधिकृत संरचना हटाउन पुगेका महानगरका प्रतिनिधि र डोजर सँगै देखिएको भिड। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी
गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा मौलिक गरगहनामा सजिएकी एक महिला। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको माइतीघरस्थित सडकमा भारी वर्षापश्चात् जलमग्न सडक। तस्वीर: नवीनबाबु गुरूङ /सेतोपाटी
साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा नेपाल र भुटान बीचको खेलमा गोल हानेपछि खुसी हुँदै नेपाली खेलाडी। तस्वीर: नवीनबाबु गुरूङ /सेतोपाटी
काठमाडौंको टुँडिखेलमा आयोजित सुदूरपश्चिमको गौरा पर्वमा गौरा देवीको मूर्ति बोकेर ल्याउँदै भक्तजन। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्राको अघिल्लो दिन आयोजित सामूहिक कुमारी पूजामा पुगेकी एक बालिका कुमारीको भेषमा परेवालाई आहारा दिँदै। तस्वीर : नवीनबाबु गुरूङ /सेतोपाटी