सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले कात्तिक ५ देखि कात्तिक ११ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।

काठमाडौंको न्यूरोडमा सजाइएको झिलिमिली बत्तीअगाडि सेल्फी लिँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

भाइटीकाको दिन काठमाडौंको रानीपोखरीमा तस्बिर लिँदै एक वृद्ध। तस्बिर: नवीनबाबु गुरूङ

भृकुटीमण्डपमा नेपालमा पाइने विभिन्न प्रकारका रोटीको प्रदर्शनी गरिएको छ। प्रदर्शनीमा सहभागी एक बालिका। तस्बिर: नवीनबाबु गुरूङ

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँएको छ। गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर पूजा गरिएको छ। तस्बिर: नवीनबाबु गुरूङ

नेपालीहरूको घर-घरमा लक्ष्मीपूजा गरिँदै छ। लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँ-सहर झिलिमिली पारेका छन्। तस्बिर: नवीनबाबु गुरूङ

तिहारको चौैथो दिन म्ह: पूजामा सहभागी हुँदै एक बालक। नेवार समुदायले म्ह: पूजा गर्ने चलन छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
काठमाडौंबाट देखिएको सूर्यग्रहण। कात्तिक ८ गते अपरान्ह ४ बजेर ५२ मिनेटमा सूर्यलाई ग्रहणले छोएको थियो। ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण हटेको थियो। तस्बिर: नवीनबाबु गुरूङ
कीर्तिपुरको नगाउँ दोबाटोमा घरको छतमा बसेर झिरझिरे बाल्दै एक बालिका। तस्बिर: नारायण महर्जन/सेतोपाटी
चन्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई सूर्योदयसँगै स्वागत गरिएको छ। बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरू भएको खुसीयालीमा निकालिएको र्यालीमा सहभागीहरू। तस्बिर: नवीनबाबु गुरूङ