जारी विश्वकप क्रिकेटमा लगातार दुई हार बेहोरेको दक्षिण अफ्रिकालाई फेरि अर्को झट्का लागेको छ।
उसले आफ्नो तीब्र गतिका बलर डेल स्टेनलाई यस विश्वकपमा गुमाउने पक्का भएको छ।
आईपिएलको १२ औं संस्करणमा काँधमा लागेको चोट ठीक नभएपछि उनले विश्वकप गुमाएका हुन्। यसअघि उनीलाई ठीक हुने अनुमान गरिएको थियो। चोटका कारण नै उनले जारी विश्वकपका सुरूवाती दुई खेल पनि खेलेका थिएनन्।
अब उनको सट्टामा दक्षिण अफ्रिकाले ब्यूरोन हेंडरिक्सलाई ल्याउने भएको छ।
आईसिसीको प्राविधिक समितिले स्टेनको सट्टा हेंडरिक्सलाई ल्याउने अनुमति दिएको छ।
बुधबार इण्डिया विरूद्ध हुने खेलका लागि उनी फिट हुने अनुमान दक्षिण अफ्रिकाले गरेको भएपनि त्यसो हुनसकेन। त्यसैले उसले स्टेनको सट्टामा बायाँ हाते फास्ट बलर बेयुरन हेनड्रिक्सलाई टोलीमा ल्याउने निर्णय गरेको हो।
दक्षिण अफ्रिकालाई स्नका अलावा लुंगी नगिदीको कमी पनि महसुस हुनेछ। माश्वेशीमा आएको समस्याका कारण उनी १० दिनका लागि टोली बाहिर रहनेछन्।
उनी बंगलादेशविरूद्धको खेलमा घाइते भएका थिए।
टिमका व्यवस्थापक मोहम्द मोसाजीले यसको पुष्टि गरेका हुन्।