भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा २६औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। कोहलीले शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका हुन्।
पुनेमा भइरहेको दोस्रो टेस्टमा कोहलीले १७३ बलमा शतक पूरा गरेका थिए। शतक हान्ने क्रममा उनले १६ चौका हिर्काए।
टेस्ट क्रिकेटमा कोहलीले सन् २०१९ मा पहिलो शतक प्रहार गरेका हुन्। यसअघि उउनले सन् २०१८ को डिसेम्बरमा पर्थमा शतक हिर्काएका थिए।
समग्रमा भने कोहलीको यो ६९औं अन्तर्राष्ट्रिय शतक हो। उनले एकदिवसीय खेलमा ४३ अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका छन्।
यस्तै कप्तानको रुपमा बढी शतक प्रहार गर्ने रेकर्डमा कोहलीले अस्ट्रेलियाका रिकी पोन्टिङलाई भेट्टाएका छन्। पोन्टिङले कप्तानको रुपमा बनाएको १९ शतकको रेकर्ड कोहलीले बराबरी गरेका हुन्।
कप्तानको रुपमा भने बढी शतकको रेकर्ड दक्षिण अफ्रिकाका ग्रीम स्मिथको नाममा छ। उनले २५ शतक हानेका थिए।