एसिसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल रद्द भएको छ।
थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदान चिसो भएका कारण टस नै नभइ शुक्रबार रद्द भएको हो।
जससँगै नेपालले प्रतियोगितामा केवल १ खेल जितेर टुंग्याएको छ। पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा हङकङसँग पराजित नेपालले तेस्रो खेलमा थाइल्यान्ड हराएको थियो।
सुरुवाती दुई खेलमा पराजत भोगेसँगै नेपाल शीर्ष २ मा पर्न असफल भयो। जसका कारण नेपाल एसिया कप छनोटमा पुग्न सकेन।
यता नेपालविरुद्धको खेल रद्द भएसँगै ७ अंक जोडेको सिंगापुर प्रतियोगिताको च्याम्पियन बनेको छ। अब मलेसिया र हङकङबीच केहि बेरमा हुने खेलपछि दोस्रो हुने टिमको टुंगो लाग्नेछ। दुवै टिमको ४-४ अंक छ।
नेपाल भने ३ अंक जोडेर अंक तालिकामा चौथो स्थानमै सीमित बन्यो।