घरेलु टिम भारतविरुद्धको चौथो तथा निर्णायक टेस्टको पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड २०५ रनमा अलआउट भएको छ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि वेन स्टोक्सले ५५ रनको योगदान दिए। उनले १२१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
डान लाउरेन्सले ४६ रन बटुल्दा जोनी वायस्टोले २८ रन र ओली पोपले २९ रनको योगदान दिए।
बलिङमा भारतका अक्षर पटेलले ४ विकेट लिए। रविचन्द्रन आस्विनले ३ विकेट हात पार्दा मोहमद सिराजको नाममा २ विकेट रह्यो।
वासिङटन सुन्दरले १ विकेट लिन सके।
सिरिजमा घरेलु टिम भारत २-१ ले अघि छ।