जाभीले आफ्नो पूर्व क्लब बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन्।
उनले सो अवसर समयभन्दा छिट्टै अगाडि आएकाले अस्वीकार गरेको बताएका हुन्।
गत साता उनलाई टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरिएको थियो। पूर्व स्पेनी मिडफिल्डर हाल अल सादको प्रशिक्षक छन्। उनको खेल जीवन मेमा कतारी क्लवमा सक्किएको थियो।
जाभीले बार्सिलोनाका कार्यकारी प्रमुख ओस्कार ग्रु र खेल निर्देशक एरिक एबिडालले सोमबार एर्नेस्टो भाल्भर्देलाई हटाउनुअघि उनलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको बताएका हुन्।
बार्सिलोनाले हाल आफ्नो प्रशिक्षकमा रियल बेट्टिसका क्यूक्यू सेटाइनलाई प्रशिक्षक नियूक्त गरिसकेको छ।
'म यो प्रस्ताव मान्दिन, बार्सिलोनाका लागि कोच बन्न अति नै चाँडो भयो', ३९ वर्षिय जाभीले भने, 'तर भविष्यमा कोच बन्ने सपना भने छ।'
जाभीले सन् १९९८ देखि २०१५ सम्म बार्सिलोनाका लागि ७५० खेल खेलेका छन्। उनले बार्सिलोनाका नयाँ प्रशिक्षक सेटाइनलाई आफूले माया गर्ने बताए।
'म उनको काम गर्ने तरिका मनपराउँछु। म उनी टोलीसँगै सफल होऊन भन्ने चाहन्छु', उनले भने।