कोरोना भाइरसका कारण फुटलब प्रभावित हुँदा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २८ मिलियन पाउन्ड (४ अर्ब १३ करोड ६ लाख रुपैयाँ) घटना भएको हो।
युनाइटेडले बिहीबार ३१ मार्चसम्मको त्रैमासिक आय व्यय सार्वजनिक गरेको हो।
युनाइटेडका मुख्य वृत्तिय अधिकृत क्लिफ बट्फीले टिभी रेभिन्यूको २० मिलियन पाउन्ड दिन लगिएको बताए।
यस्तै मार्चको तीन वटा म्याच विक बराबर ८ मिलियन घाटा भएको पनि युनाइटेडले सार्वजनिक गरेको हो।
कोरोनाका कारण युनाइटेडको ११ वटा खेल स्थगित भइसकेका छन्।
युनाइटेडले कोरोनाका कारणले हुने कुल घाटाको अनुमान भने सार्वजनिक गर्न अस्वीकार गरको छ। अब उसले ३० जुलाइमा अर्को त्रैमासिक सार्वजनिक गर्नेछ।