Ncell
Nic asia bank
Nic asia bank
Setopati ब्लग
Subscribe Setopati
सोमबार, माघ ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बा !

Nmb
Nmb
डा. अजय रिसाल

डा. अजय रिसाल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

प्रश्न एक : ‘गएँ है बा?’

उत्तर चार :

१. ‘चाँडै आऊ है बा।’

२.‘छेउ छेउ लागेर जाऊ है बा।’

३. ‘बाटामा हिँड्दा, बसमा उक्लँदा, ओर्लंदा, बाटो काट्दा राम्ररी ध्यान देऊ है बा।’

४. ‘अब कहिले आउँछौ बा?’

बासँग प्रायः हुने प्रश्नोत्तर यस्तै नै रहन्थे। घरबाट निस्कँदा‘गएँ है बा?’ नभनी गएको अथवा नसोधी गएको उहाँ निको मान्नुहुँदैन थियो।

Laxmi bank
Laxmi bank

म बिहानै धुलिखेल जाने समय यही प्रश्न सोध्थें। पहिले पहिले अस्पतालको बसमा जाने आउने गर्दा उत्तर (३) पाउँथें, हिजोआज आफ्नै गाडीमा जाने आउने गर्दा उत्तर (१) पाउन थालेको थिएँ। अरूलाई उत्तर (२) दिने गर्नुहुन्थ्यो। बहिनी–छोरीहरूलाई भने उहाँ प्रायः उत्तर (४) दिएर प्रश्नै गर्नुहुन्थ्यो।

हाम्रो प्रश्न ‘बा’ भनेरै हुन्थ्यो, अनि उहाँको उत्तर पनि ‘बा’ नै हुन्थ्यो। हामी सबै परिवारजनको “बा” उहाँ।

Ncell
Ncell

आठ दशक लामो जीवन–इतिहासको अन्त्य भयो २ हप्ताअघि।

हामी सबैले ‘गएँ है बा?’ नभनी जाँदा नराम्रो मान्ने उहाँ भने कसैलाई पत्तै नदिई एकाबिहानै म ‘डाक्टर’ कहलाइएको छोरोलाई समेत झुक्याइ ‘गएँ है?’ पनि नभनीकन जानुभयो दिव्यधामको अनन्त यात्रामा, कहिल्यै नफर्किने गरी।

हाम्रा बा आजीवन श्रीमद्भागवताध्यायी प्रा. मधुसूदन रिसाल ‘प्रदीप’ १९९६ साल आश्विन शुक्ल चतुर्थीका दिन जन्मनुभएको हो। ८० वर्ष छ महिना बाँचेर उहाँ २०७६ चैत शुक्ल चतुर्थीका दिन जानुभयो हामी सबैलाई अनाथ बनाएर।

सम्पूर्ण परिवारको जेठो सन्तान ‘छोरो’का रूपमा जन्मनुभएको उहाँले बाल्यावस्थामा राम्रो स्याहार पाउनुभएको थियो रे आफ्नी बज्यैबाट। हाम्री हजूरआमा बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘यो बलियो छ। बज्यैको स्याहारले यसलाई दरिलो बनाएको छ। बज्यैले यसलाई टन्न घिउ ख्वाउनुभाछ, राम्रो तेलमालिस गर्नुभाछ।’

 हुन पनि हो, उहाँमा शारीरिक रोग केही पनि थिएन, जब कि उहाँका भाइबहिनीहरू, हाम्रा काका–फूपूहरूमा थुप्रै रोग छन्, रक्तचाप, मधुमेह, दम, मुटुरोग आदि।

उहाँले त्यसबेलाकै प्रचलन अनि उपलब्धतामुताबिक नै रानीपोखरी संस्कृत प्रधान पाठशाला अनि संस्कृत महाविद्यालयमा पढ्नुभएको थियो। तीनधारा छात्रावासमा बसी अध्ययन गर्नुभएको थियो। सर्वदर्शन एवं सांख्ययोगमा आचार्य अनि नेपालीमा एम.ए. उत्तीर्ण उहाँले पिएचडी पनि गर्ने प्रयास गर्नुभएको थियो तर प्रारब्धवश त्यो पूर्ण हुन भने पाएन।

यी विषयहरूको अध्ययन भए मुताबिक उहाँका केही लेख पनि प्रकाशित भएका थिए। तर जीवनभर उहाँले साधना गरेका विषय भने अलि फरक नै थिए:श्रीमद्भगवद्गीता, श्रीमद्भागवद्महापुराण, सप्तशती चण्डी आदि।

‘अरुणेदय’, ‘मर्यादा’ जस्ता पत्रिकामा सम्पादकमण्डलमा रहेर उहाँले काम गर्नुभएको थियो। जागिरको क्रममा राष्ट्रिय अभिलेखालयमा लाइब्रेरियन/अनुसन्धान अधिकृतका रूपमा काम सुरू गर्नुभएको थियो उहाँले। त्यसबेला सर्वदर्शनाचार्यका रूपमा उहाँका केही लेखहरू प्रकाशित पनि भएका थिए। पछि त्रिभुवन विश्वविद्यालयको संस्कृत अध्ययन संस्थानमा सहायक–प्राध्यापकका रूपमा काम थाल्नुभयो उहाँले २०२४ सालतिर।

पछि महेन्द्र (नेपाल) संस्कृत विश्वविद्यालयको स्थापना भएपछि त्यहाँ उप–प्राध्यापकका रूपमा काम थाली २०६१ तिर प्राध्यापक हुनुभयो। अनि २०६४ सम्म जागिरेका रूपमा रहिरहनुभयो।

तर एउटा कुरा चाहिँ भन्नैपर्छ , जागिरेका रूपमा या प्राध्यापकका रूपमा अध्यापन गर्नेभन्दा उहाँका रुचि भने भाग्वदीकथा, भक्तिपारायण, सप्ताह–पुराण वाचन, तीर्थाटन आदि मै रहे।

कोटीहोम, महायज्ञ आदिमा उहाँ छुट्नुभएन। कोरा कर्मकाण्डहरू भन्दा प्रवचन–व्याख्यान आदिमा नै उहाँ रमाउनुभयो। दर्शन–वेदान्त आदिमा भन्दा भक्ति–संकीर्तन आदिमा नै उहाँ रम्नुभयो। सत्संग परिवारको संस्थापन समयदेखि नै पुराणवाचकका रूपमा प्रत्येक साँझ उहाँ बिताउनुहुन्थ्यो, दुई दशक बढी चल्यो त्यहाँ उहाँको वाचकत्व।

आफ्नै घरमा गीता–गोविन्द विद्याश्रम स्थापना गरी परिवारका सदस्यहरू अनि छिमेकीलाई गीता पढाउने उपक्रम पनि चलाउनुभएको थियो उहाँले केही वर्ष तर त्यो निरन्तर भने चलेन।

यस बाबजूद पनि “गीता–गोविन्द विद्याश्रम”को साइन बोर्डप्रति उहाँको मोह भने टुटेन, आजपर्यन्त घरको कौंसीमा त्यो साइन बोर्ड रहिरहेकै छ, त्यसलाई दृष्टिबाट अलिकति पनि ओझेल पारेको उहाँलाई मन पर्दैनथ्यो। हनुमानढोकामा “गीता स्वाध्याय संगम” स्थापना गरी तत्कालीन राजदरबारको समेत स्वीकृति प्राप्त गरी दिवा–प्रवचन चलेको थियो उहाँकै प्रमुख–वाचकत्वमा।

त्यस्तै, कमलादी गणेशस्थानमा “कथा व्यवस्थापिका समिति” गठन गर्नुभएको थियो उहाँले। “गीता रामायण प्रसारिणी समिति” जस्ता अनेकौं समितिहरू गठन भएका थिए विभिन्न समयमा, अनि ठाउँ–ठाउँमा।

जहाँ जहाँ भागवद् या गीतापाठको अवसर मिल्थ्यो, त्यहाँ उहाँ कदापि चुक्नुहुँदैन थियो। कहीँ कहीँ त आफ्नै खर्चमा पुराण लगाई आफू वक्ता भएर बसिदिनुहुन्थ्यो।

घरैमा पनि ३–४ पटक सप्ताह–नवाह, देवीभागवद्, पुरुषोत्तम मास पारायण जस्ता कार्यक्रम आफैंले आयोजना गरी आफैं वक्ता भएर बस्नुभएको थियो।

उहाँले आफ्नो संकल्पमुताबिक श्रीमद्भागवद् महापुराणको १०८ पटक वाचन गर्न भ्याउनुभएको थियो।

भगवद्गीता त उहाँको नशा–नशामा नै थियो। सप्तशती चण्डी त घरका परिवारका सदस्यहरूको जन्मोत्सव, बडादसैं, चैते दसैं, अष्टमी–नवमी आदि पर्वहरूमा पूर्ण पारायण गर्ने उहाँको नैमित्तिक कर्म नै थियो। उहाँकै प्रेरणाले नै होला, मलाई पनि सप्तशती र भगवद्गीता  पारायण त्यत्ति क्लीष्ट लाग्दैन, संस्कृतको विद्यार्थी नभए ता पनि।

उहाँको दैनिकी प्रातः ३–४ बजे नै सुरू हुन्थ्यो। नित्यकार्यहरूमा तर्पण, शालीग्राम पूजन, वारअनुसारको गीताको ३ अध्याय अनि चण्डीको एक चरित्र अनि श्रीमद्भागवद् पाठ।

प्रत्येक औंसी र पूर्णिमामा सबै पितृहरूको तर्पण, प्रत्येक पूर्णिमामा कूदेवतामा धूपबत्ती अर्पण, प्रत्येक महिनाको संक्रान्ति (१ गते)का दिन सत्यनारायण पूजा, वर्षभरिमा करिब १० वटा श्राद्ध, यी सब उहाँका नैमित्तिक कर्म थिए।

यो नित्यपूजाको क्रम केही महिनाअघिसम्म कायमै थियो। डमरुघण्टा बज्नासाथ उहाँकी नातिनी (मेरी जेठी छोरी अनन्या) निद्राबाट उठेर पूजाकोठा पुगिहाल्थी अनि डमरु बजाउन थाल्थी । यस्तो संस्कार थियो घरमा......यो सबै बाकै अप्रत्यक्ष देन हो ।

अर्को कुरा, बाहिर निस्कँदा पूजाकोठामा दीप प्रज्वलन गरी गीताको सन्देश लिएर अनि आफ्नी आमालाई दण्डवत् गरी “माताजीको जय जय जय !” भनी उद्गार व्यक्त गरेर मात्र बाहिर निस्कनुहुन्थ्यो बा।

मातृभक्ति असीम थियो उहाँको। आफ्नो तलब, कहीँबाट पाएको दानदक्षिणा, बैठकभत्ता आदि समेत आफ्नी आमालाई नै बुझाउने अनि भोलिपल्ट आमासँग मागेर जत्ति दिनुभयो त्यत्ति नै लिएर जाने चलन थियो उहाँको। राती सुत्नुअघि दिनभरिको कृयाकलाप या दैनिक सिंहावलोकन आमालाई सुनाउने बानी थियो । त्यस्तै दिउँसोको समयमा आफ्नो सपना सुनाउने गर्नुहुन्थ्यो उहाँ।

खानपानमा अलिकति शौकिन अनि व्यवहारिकतामा अलिकति शुन्यता भएतापनि उहाँको जीवन सरल थियो, स्पष्ट थियो, प्रष्ट थियो। मनभित्र केही लुक्दैनथ्यो। सबै कुरा आफ्नी आमालाई, पछि पछि हामीलाई पनि बताइहाल्ने हुनाले हामी सबैलाई थाहा हुन्थ्यो।  

आफूसँग “एक पैसा” पनि नराख्ने हुँदा हामीले नै उहाँलाई खटाई खटाई पैसा दिने गर्थ्यौं। कसैको दुःख देख्न नसक्ने हुँदा बाटामा भेटिएका माग्नेलाई समेत घरैमा ल्याई ख्वाउने, आफैं साथ लागि काम अनि बास खोजिदिने गर्नुहुन्थ्यो।

उहाँकै आशिर्वाद अनि साथ पाएर धेरैको उन्नति भएको हामीले प्रत्यक्ष नै देखेका छौं।

लवाइखवाइमा अलि बढी विचार गर्नुहुने उहाँले सधैं दौरा सुरूवाल कोट टोपी या कुर्ता सुरुवाल ज्वारीभेष लगाएकै देखें जीवनभर, कालो चस्माको उहाँलाई ठूलो सौख थियो, फोटो खिचाउन पनि खुबै पर्ने। पाइन्ट सर्ट भने कहिल्यै लगाउनुभएन उहाँले। बाटामा हिँड्दा आफू पनि केही खानैपर्ने अनि अरूलाई पनि ख्वाइरहने बानी भएका कारण उहाँसँग हिँड्न औधी रुचाउँथ्यौं हामी सानामा। प्रायः ट्याक्सीमै गुड्नुहुन्थ्यो उहाँ।

घरव्यवहारमा भने अलमस्ती थियो उहाँको स्वभाव। पहिले पहिले उहाँकी आमा अनि भाइ (हाम्रा काका)ले उहाँको व्यवहारको चाँजोपाँजो मिलाइदिनुपथ्र्यो। पछि पछि श्रीमती, हामी छोराछोरीले उहाँको विधिव्यवहारको थितिमिति सम्हालिदिनुपर्यो।

उहाँलाई‘आफ्नो–अरूको’, ‘तेरो–मेरो’ भन्ने भान कहिल्यै भएन । सबै परिवारजन, बन्धुबान्धवहरूलाई समान व्यवहार गर्नुहुन्थ्यो उहाँ। सबैको ‘बा’ उहाँ!!

एक डाक्टरको रूपमा विश्लेषण गर्नुपर्दा उहाँ एक असल बिरामी हुनुहुन्थ्यो। औषधि जे दिएको खाइदिने तर आफैंले झिकेर भने कहिल्यै नखाने। आफ्नो खानपान सकिएपछि औषधिका लागि हामीलाई बोलाइहाल्नुहुन्थ्यो। अनि जे जति हातमा हालिदियौं, उहाँ खाइदिनुहुन्थ्यो।

उहाँ गीताज्ञानको धुरन्धर विद्वान हुनुहुन्थ्यो तर थाहा छैन उहाँभित्र कत्ति अडेको थियो त्यो ज्ञान?कहिल्यै प्रकट रूपमा देखिएन उहाँभित्रको ज्ञान। तर सांसारिक कुराको त्यत्ति साह्रो शोक गरेको भने कहिल्यै पाइनँ मैले। आफ्नी आमा, दुई भाइ बित्दा पनि उहाँमा उतिसारो शोकराशि देखिएन। गीताज्ञानमा भिजेका व्यक्ति त्यस्तै नै पो हुन्छन् कि? आठ दशक जीवन भोग्नुभएको हाम्रो बाका जीवनका अन्य पाटा पनि छन् अध्ययन गर्नुपर्ने।

थाहा छैन, कति पाटा उधिन्न सकुँला मैले, अहिलेलाई भने यत्ति नै।

(२०७६–१२–१५ का दिन दिव्यधाम आरोहण गर्नुभएका आदरणीय बा प्रा. मधुसूदन रिसाल ‘प्रदीप’को और्धदेहिक क्रिया गरी आशौच बारेको समयमा उठेको भावतरंग, सातौं दिन २०७६–१२–२१ बिहान ४.०० बजे)

 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १२:१९
सिफारिस
सधैं बाहिर खानुपरेको चिन्ताले जन्मायो 'बिग बुरिटो', के पाइन्छ खास?
सधैं बाहिर खानुपरेको चिन्ताले जन्मायो 'बिग बुरिटो', के पाइन्छ खास?
सञ्चित नोक्सान उच्च हुँदा पनि सेयर मूल्य बढेका २ कम्पनी
सञ्चित नोक्सान उच्च हुँदा पनि सेयर मूल्य बढेका २ कम्पनी
रविलाई लक्ष्य गरी सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र गर्न नमिल्ने कानुन ल्याइएको सोविता गौतमको दाबी सही छ?
रविलाई लक्ष्य गरी सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र गर्न नमिल्ने कानुन ल्याइएको सोविता गौतमको दाबी सही छ?
काठमाडौं–४ मा राजन भट्टराई नलड्ने, उद्धव खरेलको सम्भावना
काठमाडौं–४ मा राजन भट्टराई नलड्ने, उद्धव खरेलको सम्भावना
श्रीमतीको मृत्युपछि दुई छोरा एक्लै हुर्काउँदै थिए, गोली लागेर ज्यान गुमाए
श्रीमतीको मृत्युपछि दुई छोरा एक्लै हुर्काउँदै थिए, गोली लागेर ज्यान गुमाए
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

मान्छे नगई सरकारले भत्ता दिँदैन, घिस्रेर जान्छु, घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई!
हिउँ र घामको दोसाँधमा मोहम्मद, बाँसको चम्चा र खुसी!
जंगलमा हराएको त्यो वन-तरुल...
सुनको पिँजडामा दुई वर्ष…
तेल भिसामा अस्ट्रेलिया जानु भएकी आमा!
जब रोगभन्दा ठुलो लडाइँ समाजसँग हुन्छ...
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

रमेश अधिकारी
अमेरिका, स्विट्जरल्यान्डलाई नचाहिएको आचार संहिता नेपाललाई किन? रमेश अधिकारी
नारायण वाग्ले
प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी! नारायण वाग्ले
चेतनाथ आचार्य
के अमेरिका चीनलाई विश्व नेता बनाउँदैछ? चेतनाथ आचार्य
डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

विदुर दाहाल
मान्छे नगई सरकारले भत्ता दिँदैन, घिस्रेर जान्छु, घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई! विदुर दाहाल
National life inner
National life inner
सुधन सुवेदी
हिउँ र घामको दोसाँधमा मोहम्मद, बाँसको चम्चा र खुसी! सुधन सुवेदी
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
जंगलमा हराएको त्यो वन-तरुल... ध्रुवचन्द्र दवाडी 'मनस्वी'
दिनेश बज्राचार्य
सुनको पिँजडामा दुई वर्ष… दिनेश बज्राचार्य

साहित्यपाटी

नितेश खत्री
चिया कपसँगे भविष्यका गफ! नितेश खत्री
Hardik
Hardik
जगत बोहरा
मैले तिमीलाई जोगाउन सकिनँ! जगत बोहरा
side bar 17- shivam inner
side bar 17- shivam inner
नवीन प्रधान
कुन दिनमा नजाने गाउँको बाटो सोध्न पुगिएछ! नवीन प्रधान
नारायण खनाल 'नीलम'
भो नफुट! नारायण खनाल 'नीलम'

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP