Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
आइतबार, चैत ८, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

अबको गन्तब्य

Royal Enfield
Royal Enfield
अनिल लामिछाने

अनिल लामिछाने

gibl
gibl
gibl
gibl
अनिल लामिछाने।
अनिल लामिछाने।
Tata box 1
Tata box 1

गत वर्षको नोभेम्बर महिनामा चीनको वुहान सहरबाट सुरु भएको  कोभिड-१९ को महामारीसँग विश्व समुदाय जुधिरहेको छ।  विश्वभर फैलिएको यस रोगको संक्रमण अझ फैलने आशंकामा लामो समयदेखि घरभित्रै लकडाउनमा पिल्सिएर बस्न बाध्य भएका छौँ।

विश्व जगतले सम्भवतः अब चाडै नै यस महामारीको खोप तयार भई हामी सबै यसबाट उन्मुक्ति पाउँछौँ भन्नेमा आशावादी छौँ। आशाले हामी शान्त भईरहन सक्दछौँ, नकी हामी डर त्रासबाट आक्रान्त हुन्छौँ। लामो अनिश्चितताको घडीपछि हामीहरूका धेरै चुनौतीहरू सामना गर्न पर्नेछ।

हाम्रो अर्थतन्त्रको मुख्य श्रोत विप्रेशण, वैदेशिक रोजगारीमा भारी मात्रमा कमि आउन सक्ने फलस्वरूप एक तिहाई हिस्सा ओगट्ने, साथै अन्य देशबाट भित्रिने रेमिटेन्समा भारि गिरावट अ वैदेशिक मुद्रा संचितमा कमी आउनेछ। मुलुक लामो समयसम्म बन्द रहनाले आम-नागरिक, व्यवसायी र सरकारको वित्तिय सन्तुलन खलबलिन्छ।

हामीहरूमध्ये धेरैको रोजीरोटी गुम्न सक्दछ। लामो समयसम्म बन्द भएका व्यवसायहरू फेरि सोही ठाउँमा पुग्न लामो समय लाग्न सक्दछ। निश्चय नै आम-नागरिक तथा व्यवसायीको आयमा आएको कमीले सरकारको राजश्व समेतमा प्रभावित हुने देखिन्छ। यस महामारीको कारणले विस्थापित तथा मर्कामा परेका साना एवम् ठुला व्यवसायीहरूलाई सरकारले तुरुन्तै वा दीर्घकालीन राहत दिनुपर्दा आगामी वर्षको बजेटमा थप चाप परी विकास आयोजनामा विलम्ब हुने देखिन्छ।

कोभिड-१९ को कारणले विश्वका विकसित मुलुकहरुमा आर्थिक मन्दी आउने हुदाँ दातृ निकायबाट प्राप्त हुने सहयोगमा संकुचन आउन सक्नेछ। सरकारले लामो समयदेखि निरन्तर कृषि क्षेत्रको प्रवर्द्धन एवम् विकासका लागी वार्षिक अर्बौँ रूपैयाँ खर्च गर्दा पनि यस क्षेत्रको विकासमा उल्लेखनीय प्रगति हासिल नभएको सर्वविदितै छ।

यसबाट पाठ लिँदै अब यस क्षेत्रको विकास, प्रर्वद्धनमा छुट्टै रणनीति बनाई कार्यान्वयन गर्नुपर्दछ। कृषि क्षेत्रमा नगदमा आधारित अनुदान बन्द गरी मल, बीउ विजन र उपकरण अनुदान प्रदान गरी व्यावसायिक सीप, तालिम र उत्पादित वस्तुहरू बजार व्यवस्थापन चुस्त, निश्चित नगर्दासम्म यस क्षेत्र व्यावसायिक हुन सक्दैन।

यस क्षेत्रलाई कम्पनी मोडलमा जानका लागि प्रोत्साहन गरी करमा दर्ता हुनेलाई करमा छुट एवम् सहुलियत प्रदान गरिनु पर्छ। यसो गर्दा यस क्षेत्रमा पारदर्शिता तथा उत्तरदायित्व कायम रहन् सक्दछ। मानौकी काठमान्डौँबाट पोखरा २०० किलोमिटरको दुरीमा छ। तर त्यहाँ पुग्न सडक यातायातबाट जाँदा ८ देखि १२ घन्टासम्म लाग्दछ।

त्यो भनेको कुनै कर्मचारीको पूरा एक दिन त्यसैमा जान्छ। त्यसैमा एक दिन लाग्दा, एक दिनको कर्मचारीको तलब, भत्ता, गाडीको किस्ता, ब्याज, नाफा, मर्मत, बीमा इत्यादि खर्च र पुनः खाली फर्किँदाको खर्च जोड्दा ढुवानी खर्च अत्यधिक हुन्छ। जसको प्रभाव वस्तुमा पर्ने हुँदा उपभोग्य वस्तुको लागत बढी पर्न जान्छ।

अर्थशास्त्रको सिद्धान्त यहाँ पनि लागू हुन्छ र बजारमा माग घट्दछ। यसको सोझो असर बढी उत्पादन गरेका किसानमा पर्छ र सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुन्छन्।

Ncell
Ncell

मुलुकलाई दीर्धकालिन रुपमा आवश्यक पर्ने र सम्भावित उत्पादन निकासी गर्न सक्ने क्षेत्रको तथ्यांक सकंलन गरी पहिचान गरिएको क्षेत्रमा लगानीको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सक्नाले अर्थतन्त्र चलायमान हुन जान्छ र नयाँ रोजगारी सृजना हुन्छ। यसबाट आम-नागरिक, व्यवसायी र सरकारको आयमा बदोतरी हुन्छ।

राष्ट्रिय महत्त्वका आयोजनामा उपलब्ध स्रोत साधनले नपुगेमा प्रत्यक्ष वैदेशिक लगानीको ढोका खुल्ला गर्नुपर्छ। अर्थतन्त्रलाई चलायमान राख्न नेपाली शेयर-बजार व्यवस्थित गरी गैर आवासीय नेपाली एवम् विदेशी लगानीको लागी खुल्ला गर्नु आजको समयको आवश्यकता हो। निश्चित सेवा वा वस्तु पहिचान गरिएको क्षेत्रहरूको हब इकोनोमीको प्रचार एवम् पवर्द्धन गर्नुपर्छ।

निर्यात गर्न विद्यमान अड्चन हटाई सुलभ तरिकाबाट गर्न सकेमात्र धेरैभन्दा धेरैले लाभ हासिल गर्ने छन्। विकासका पूर्वधारहरू निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित ठेकेदार, सरकार र आम नागरिक जागरूक हुनुपर्दछ। सडक, विद्युत र रेल नै त्यस्तो क्षेत्र हो जसको विकासले सर्वसुलभ र भरपर्दो आपूर्तिको ढोका खोल्दछ।

सेवा उद्योगमा पनि नेपालको प्रचुर सम्भावना हुँदा-हुँदै पनि पहिल्यै देखिनै पछाडि परिरहेको छ। पर्यटन, खेल, शिक्षा, सूचना प्रविधि र स्वास्थ्य क्षेत्रमा व्यवसायिक बनाउन मेहेनत गर्नुपर्ने देखिन्छ। आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ मध्ये विश्वको ८ सर्वोच्च शिखर मनोहर हिम दृश्य, धार्मिक सम्पदा, यहाँका रीतिरिवाजले जो कोहीको मन जित्नेमा दुईमत छैन।

लामो समयसम्म घर भित्रै रहेका धेरै व्यक्तिहरू लकडाउन खुले पश्चात केही कतै भ्रमणमा निस्किने रिक्रियसनमा जानसक्ने सम्भावना हुने हुँदा सो सम्बन्धी उत्कृष्ट प्याकेजहरू सर्बसुलभ बनाई प्रचार गर्दा पनि त्यस  क्षेत्रबाट केही लाभ हासिल हुन सक्ने देखिन्छ।

गत वर्ष नेपालले सफल रूपमा आयोजना सम्पन्न गरेको दक्षिण एशियाली खेलकुद प्रतियोगिता र यहाँ हुने विभिन्न फुटबल, क्रिकेट, भलिबल लगायतमा आवद्ध खेलाडी, प्रशिक्षक, क्लब लगायत श्रोत साधनको विकासबाट पनि खेल पर्यटन बृद्धि गर्न सकिन्छ। अन्तर्राष्ट्रिय स्तरका डाक्टर, इन्जिनियर प्राविधिक र बिजनेश स्कूलको विकासमार्फत एजुकेशनल टुरिशमको प्रवर्द्धन गर्न सकिन्छ।

जस्तै- मणिपाल मेडिकल कलेज पोखरामा भारत लगायतबाट विद्यार्थीहरू अध्ययनका लागि आउँछन्। आजको विश्व सेवा व्यवसाय उन्मुख छ। बढ्दै गएको सूचना प्रविधिको प्रयोगसगैँ नयाँ-नयाँ खोज अनुसन्धानमार्फत सेवाको उच्चस्तरीय वितरणको संरचना तयार भईरहेको छ। हाल लकडाउनको समयमा विभिन्न कम्पनीहरूले वर्क फ्रम होमलाई बढवा एवम् सुरुवात गरेका छन्।

अब नेपालमै बसेर अमेजन, गुगल, फेसबुक लगायतका विश्व विख्यात दिग्गज कम्पनीहरूमा सेवा गर्न अवसर बढेको छ। नेपाल सरकारले विशेष क्षेत्रलाई आइटी क्षेत्रको रूपमा आवश्यक संरचनाहरू तयार पारी हार्डवेयर एवम् सफ्टवेयर विकास तथा अनुसन्धानको प्रबन्ध गर्नसके त्यस क्षेत्रबाट मनग्य आम्दानी हासिल हुनसक्छ।

बढ्दो इन्धनको विस्थापनको लागि देशभित्र उत्पादित नवीकरणीय ऊर्जाको श्रोतको रूपमा विद्युतको उत्पादन, वितरण र सदुपयोगबाट बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्नेछ। विद्युतमार्फत चल्ने सवारी साधन, रेल, इन्धनको रूपमा प्रयोग गर्न गराउन जनचेतना जगाउनु आवश्यक हुन्छ। विद्युत सेबालाई अझै भरपर्दो सर्वशुलभ बनाउन विद्यमान महशुल दरमा परिवर्तन गर्नु पर्ने हुन्छ।

विद्युतमार्फत् चल्ने सवारी साधनका लागि चार्जिङ् स्टेशन, चिल्ला सडक एवम् आवश्यक पूर्वाधार निर्माणमा जोड दिनु पर्दछ। सरकारको उदाशीनता र कर्मचारीतन्त्रको शिकार भएको काठमान्डौँ ट्रली बस पुनः सुचारू गरी व्यवस्थित तवरबाट देशैभर सञ्जाल विस्तार गर्दा वार्षिक रूपमा इन्धनका लागि विदेशिने खर्बौँ रूपैयाँ जोगिन्छ। 

कोभिड-१९ ले हामीहरूका लागि धेरै चुनौतीका साथसाथै अवसर पनि प्रदान गरेको छ। जहिल्यैको हाम्रो त्यही दैनिकी कामबाट थोरै समय परिवारको बारेमा सोच्ने अवसर दिएको छ। फुर्सदको समयमा योगा, साधनाको माध्यमबाट दिमागलाई थप तेजश्वी प्रदान गर्न दिनमा केही घन्टा समय लगानी गरिएको पाइन्छ।

कोभिड-१९ को बारेमा धेरै ठाँउमा अध्ययन तथा अनुसन्धान भइरहेको छ। यस भाइरसको बारेमा खोप पत्ता लगाउन हाम्रो देशमा रहेको त्रिभुवन विश्वविध्यालय, काठमाण्डौ विश्व विध्यालय, वैज्ञानिकहरूको टीम खडा गरी अध्ययन अनुसन्धान गर्न जरूरी थियो। यसो गर्दा हाम्रो क्षमतामा अभिवृदि हुनका साथै खोप प्रमाणित भएको खण्डमा देशले अत्याधिक लाभ हासिल गर्दै विश्व सामु अफ्नो बलियो उपस्थिति स्थापित गर्न सक्ने अवसर सायद थियो, जुन हामीले गुमाइसक्यौँ।

बुद्धिजिवी वर्गहरूको सल्लाह लिने थिन्क-थ्यांक, सेमिनार, रिसर्च र इनोभेसनमा लगानीको बढोत्तरी गर्दै प्राप्त सुझावहरूको कार्यन्वयनले देशबाट गरिबी न्युनिकरण गर्न सहयोग पुग्दछ। जसको कारणबाट सरकारको नारा सम्वृद्ध नेपाल सुखी नेपालीको महत्वकाक्षी लक्ष्य समेत हासिल गर्न सहयेग पुग्ने देखिन्छ।

आजको युगमा हामीकहाँ खोज अनुसन्धान गर्ने पर्याप्त साधन हुदाँहुदै पनि हामी त्यसबाट लाभ लिन सकेका छैनौँ। हामीहरूसँग नयाँ प्रयोग, गल्ती गर्नको लागी पर्याप्त समय छैन। परिवर्तन हाम्रो समयमा नै सम्भव गराउन अरूको सफलताको बाटो पछ्याउनु नै आवश्यकता हो।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ११:३५
सिफारिस
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना!
प्रियसँग जामाचो यात्रा!
विश्वप्रकाश पोखरेल।
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
ए टौदह!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP