हाल चलिरहेको मेक्सिको र दक्षिण कोरियाबीचको फुटबल खेलमा मेक्सिकोले आफ्नो अग्रतालाई दोब्बर पारेको छ। मेक्सीकोका लागि १४ नम्बर जर्सीका जाभियर हर्नान्डेजले दोश्रो गोल गरेका हुन्।
यो उनको ५० औं अन्तराष्ट्रिय गोल हो। उनले हालसम्म देशका लागि १०४ खेल खेलेका छन्।
उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन्।
यसअघि मेक्सीकोले खेलको पहिलो हाफमा पेनाल्टीबाट मेक्सिकोले दक्षिण कोरियामाथि गोल गरेको थियो। मेक्सिको लागि ११ नम्बर जर्सीका कार्लोस भेलाले खेलको २६ औं मिनेटमा गोल गरेका थिए ।
कोरियाका जाङ ह्यूनसोले पेनाल्टी क्षेत्रमा बल हातले छेकेपछि मेक्सिकोले पेनाल्टीको अवसर पाएको हो।
दक्षिण कोरियासँग समञह चरणको दोश्रो खेल खेलिरहेको मेक्सिकोले समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजीत गरेको थियो।
आजको खेलमा कोरियालाई पराजीत गरेका मेक्सिको लागि नकआउट चरण प्रवेश सहज हुनेछ