जारी विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग १-० ले पराजीत भएपछि डिफेन्डिङ् च्याम्पियन जर्मनी दोश्रो खेल जित्ने पर्ने दबाबमा छ। जर्मनीले आज स्वीडेनसँग खेल्दैछ। आजको खेलमा जर्मनीका लागि महत्वपूर्ण ३ अंक खोस्नु मूख्य लक्ष्य हुनेछ।
आजको खेलमा जर्मनी १९३८ यता समूह चरणबाट घर फर्किएको छैन र डिफेन्डिङ च्याम्पियनको हैसियतले त ऊ किन्चित घर फर्किने मुडमा छैन्। सन् १९९८ मा विश्वकपमा पहिलो खेल गुमाए यता जर्मनीले यस विश्वकपमा पहिलो खेल गुमाएको हो। आज हारेको खण्डमा जर्मनीको घर फिर्ती हुनेछ।
पहिलो हारबाट जर्मनी दबाब रहेपनि स्वीडेनसँग इतिहास भने उसैको पक्षमा छ। जर्मनीले स्वीडेनसँग एउटा पनि खेल हारेको छेन्। त्यसेले जर्मनीलाई कहिल्ये नहारेको इतिहास फेरि निरन्तर कायम रहने विश्वास पनि छ। हालसम्म यी दुई टोली एकअर्कासँग ११ पटक आमनेसामने भएका छन् जसमा जर्मनीले ६ खेलमा जीत र ५ खेलमा बराबरी गरेको छ।
त्यस्तै दक्षिण कोरियालाई पहिलो खेलमा हराएर आफ्नो पोल्टामा महत्वपूर्ण ३ अंक जोडिसकेको स्वीडेन दोश्रो खेलमा जर्मनीलाई मेक्सिकोले झैं स्तब्ध पारेर नकआउट चरण प्रवेशको बाटो फराकिलो पार्ने दाउका साथ मैदान उत्रिनेछ। योसँगै ऊ मैदानमा आफ्नो विश्वकपमा केहि इतिहासलाई जर्मनीविरूद्ध जीत दर्ता गर्दै परिवर्तन गर्न चाहन्छ।
३ अंकको अग्रता रहेकाले स्वीडेनले मैदानमा आक्रमक खेलभन्दा पनि रक्षात्मक खेल खेल्दै अंक खोस्ने सम्भावना रहेको छ। आजको खेलमा जर्मनीविरूद्ध जीत निकालेमा थप ३ अंक स्वीडेन नकआउट चरणमा प्रवेश गर्नेछ।
१२ वर्षपछि विश्वकपमा स्विडेनले पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो। स्विडेनले ६० वर्षपछि विश्वकपको पहिलो खेलमा जित हात पारेको हो। सन् १९५८ को विश्वकपपछि स्विडेनले विश्वकपको पहिलो खेलमा जित हात पारेको छैन्।
आजको खेल हारेमा जर्मनी स्पेनपछि समूह चरणबाट डिफेन्डिङ च्याम्पियनका रूपमा घर फर्किने दोश्रो टोली हुने छ। स्पेन सन् २०१० को विश्वकपमा समूह चरणबाटै घर फर्किएको थियो।