पहिलो हाफमा गोल खाएर जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको डिफेन्डिङ च्याम्पियन जर्मनीले दोश्रो हाफको सुरूवातमा नै गोल फर्काएको छ।
जर्मनीका लागि जर्मनीका मार्को रेउसले खेलको ४८ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।
पहिलो हाफमा जर्मनीले खेलको ३२ औं मिनेटमा गोल खाएको हो। जर्मनीको पोस्टमा स्वीडेनका २० नम्बरका खेलाडी ओला टोइभोनेनले गोल गरेका थिए।