विश्वकप फुटबलमा पछिल्लो समय नौलो संयोग बनेको छ। सन् १९९८ देखि हालसम्मको विश्वकपमा साविक विजेताहरू अर्को पटक समूह चरणबाटै बाहिरिने गरेका छन्। (ब्राजिलबाहेक)
सन् १९९८ को विजेता फ्रान्स सन् २००२ मा कोरिया र जापानमा भएको विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको थियो। यस्तै सन् २००६ को विजेता इटाली सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो।
त्यसैगरी सन् २०१० को विजेता स्पेन सन् २०१४ को ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरियो।
त्यस्तै सन् २०१४ को विजेता जर्मनी सन् २०१८ को रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो। यसअघि जर्मनी सन् १९३८ को विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो। आधुनिक विश्वकपमा भने जर्मनी पहिलो पटक समूह चरणबाट बाहिरिएको हो।
यसअघि चार पटकको च्याम्पियन इटाली भने यो पटक विश्वकपमा छनोट नै भएन।
यस्तै सन् २००२ को विजेता ब्राजिलले भने सन् २००६ को विश्वकपको समूह चरणबाट बाहिरिनु परेन।