रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन्। ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो ।
मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई खेल हार्दै समूहको पूछारमा रहँदै घर फर्केको हो । यस्तै युरोपको अर्को राम्रो टोली मानिएको पोल्याण्ड पनि समूह चरणबाट अगाडि बढ्न सकेनन्। यसैब विषयमा हामीले विश्वकप विशेषमा आज हामीले राष्ट्रिय खेलकुद परिषद्का फुटबल प्रशिक्षक कुमार कटुवाल र राष्ट्रिय टिमका मिड फिल्डर विक्रम लामासँग कुराकानी गरेका छौं।