रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनामाथि सुरूवाती अग्रता लिएको छ। खेलको १३औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता लिएको हो।
एम्बापेलाई डि एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एमबाप्पे काउन्टर अट्याकमा रहेको बेला रोजोले फल गरेका थिए।
फ्रान्स समूह सीको विजेता र अर्जेन्टिना समूह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् ।