विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता लिएको छ। दोस्रो हाफको ४८ औं मिनेटमा अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लिउको हो। यसअघि सुरूवाती पछि परेको अर्जेन्टिनाका लागि एन्जल डी मारियाले ४१ अौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै डीमारियाले गोल गरेका थिए।
त्यसअघि ११ अौं मिनेटमा क्यालियन मबाप्पेलार्इ मार्कोस रोजोले डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा एन्टियानो ग्रिजम्यानले गोल गरेका थिए।