विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा फ्रान्स र अर्जेन्टिनाले फेरि बराबरी खेलेका छन्।
अर्जेन्टिनाले लिएको अग्रता फ्रान्सले १० मिनेटपछि तोडेको छ। फ्रान्सका लागि पाभार्डले बराबरी गोल फर्काए।
यसअघि दोस्रो हाफको ४८ औं मिनेटमा अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लिएको थियो। यसअघि सुरूवाती पछि परेको अर्जेन्टिनाका लागि एन्जल डी मारियाले ४१ अौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै डीमारियाले गोल गरेका थिए।
त्यसअघि ११ अौं मिनेटमा क्यालियन मबाप्पेलार्इ मार्कोस रोजोले डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा एन्टियानो ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए।