रसिया विश्वकपमा सुपर सिक्टिनबाटै बाहिरिएको अर्जेन्टिनाका डिफेन्सिभ मिडफिल्डर जाभियर मास्चिरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्।
शनिबार मस्कोमा क्वाटर्फाइनलबाट बाहिरीए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन्।
कजान स्टेडियममा भएको खेलमा अर्जेन्टिना फ्रान्ससंग ४ - ३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । उक्त खेलमा मास्चिरानोले पुरै समय मैदानमा बिताएका थिए।
खेलपछि उनले सन्यास घोषणा गरेका हुन्।
३४ बर्षीय मास्चिरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका छन्। बार्सिलोनाका पूर्व मिडफिल्डरसमेत रहेका मास्चिरानो चीनमा हिबेई चाइना फोर्च्युनबाट पछिल्लो समय व्यवसायिक फुटबल खेल्ने गर्छन्।