रसियामा जारी इङ्ल्याण्ड र स्वीडेनबीचको खेलमा इङ्ल्याण्डले आफ्नो अग्रतालाई दोब्बर पारेको छ।
खेलको ५९ औं मिनेटमा डेलेले गोल गर्दै अग्रतालाई दोब्बर पारेका हुन्।
इङ्ल्याण्डले खेलको पहिलो हाफको ३० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। म्याकवायरले हेडमार्फत सो गोल गरेका थिए। यो खेलको विजेताले आजै हुने क्रोएशिया तथा आयोजक रसियाबीचको खेलको विजेतासँग सेमिफाइनलमा भिड्नेछ