रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलका विषयमा एन्फाका पूर्व अध्यक्ष, राष्ट्रिय टिमका कप्तान एवम् पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापासँग आज सेतोपाटीले विश्वकप फुटबल LIVE कुराकानी गरेको छ।
विश्वकपमा शनिबारबाट क्वार्टरफाइनलमा खेल सकिएका छन्। अब अन्तिम चार टोली विश्वकपको उपाधिका लागि भिड्दैछन्। सबै चार टोली युरोपबाट मात्र छन्। बाँकी सबै घर फर्किएका छन्। यसै सन्दर्भमा हामीले थापालाई विश्वकपका आगामी खेलहरू विगतका खेलहरूबारे प्रश्न सोध्यौ। तपाईँका प्रश्नहरू पनि हामीले राखेका थियौ। हेर्नुहोस् भिडियोमा LIVE कुराकानी।