रसियामा जारी फ्रान्स र बेल्जियमबीचको खेलमा फ्रान्सले बेल्जियमविरूद्ध अग्रता लिएको छ।
फाइनल प्रवेशका लागि जारी खेलमा फ्रान्सले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो।
फ्रान्सका लागि सो गोल स्यामुयल उमटिटीले गरेका हुन्।
यस खेलको विजेताले विश्वकपको उपाधिका लागि क्रोएशिया तथा इङल्याण्डबीचको सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ।
बेल्जियमविरूद्ध अग्रता लिएको फ्रान्सले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उपाधिका कब्जा जमाएको थियो।